बारा - कार्तिक -९ श्रीकान्त गुप्ता - बाराको कोल्भी नगरपालिका र बारागढी गाउँपालिका अन्तरगत पर्ने तियर खोलामा पुल नहुदा सर्बसधारणलाई विभिन्न कामकाजका लागि सदरमुकाम कलैया सम्म पुग्न सास्ती खेप्प्नु परेको स्थानीयले गुणासो गरेका छन ।
बाराको किल्भी नगरपालिका वडा नं १० र बारागढी गाउँपालिका वडा नं ५ अन्तरगत पर्ने तियर खोलामा बर्षौ देखि पक्की पुल नहुदा सर्बसधारणलाई कलैया सम्म आउन जान सास्ती खेप्नु परेकोछ ।स्थानीयहरुले नदीमा लगाइएको अस्थायी बा्सको पुलाबाट ज्यान जोखिममा डालेर खोला पार गर्दै आएकाछ्न । ।तर कहिले काहीँ लगतार बर्षाका कारण खोलामा आएको बाढीले बांसको पुल बगाएपछि सर्बसधारणहरुले पानी भएर नदी पार गर्ने गर्छन ।नदीमा पर्याप्त मात्रमा पानी हुँदा सर्बसधारणको कहिले कमर सम्म , कहिले घुटना सम्म र कहिले छाती सम्म पानी भएर कलैया जानू अवस्था रहन्छ ।विभिन्न सवारी साधन र पैदल यात्रुलाई खोला पार गर्न बर्षौ देखि समस्या रहेको सर्बसधारणले बताउछ ।
तियर खोलामा पुल नहुदा सब भन्दा बढी कोल्भी नगरपालिकाका अन्तरगत पर्ने बरेवा , बचनपुरवा
अधानवा ,बेलवा र ,बारागढी गाउँपालिका केही वडाहरु लगाएत अन्य ठाउँका सर्बसधारणलाई बढी समस्या रहेकोछ ।सदरमुकाम कलैयासंग जोडिने छोटो दुरीको बाटो भएकोले बिभिन्न्न काम काजका लागि सब भन्दा बढी स्थानीयहरु यही बाटो प्रयोग गरेर जाने गर्छन।सावन र भादौको समयमा लगतार वर्षा हुँदा नदिमा बाढी आउँदा पुलको समस्याले बिद्यार्थीहरु महिनौं दिन सम्म बिधालय पढन जान सक्दैन । त्यस्तै गाउँमा अचान कसैले बिरामी हुदा एमबुलेन्स गाउँ सम्म आउन मान्दैन । अर्को बाटो प्रयोग गरेर आउने एमबुलेन्सले कलैया अस्पताल सम्म बिरामी पुर्याउन दुई तीन हजार सम्म भाडा बढी लिने गर्छन। तर निर्वाचित जनप्रतिनिधिले कुनै चासो दिदैन । स्थानीयको भनाईछ ।
यस क्षेत्रका स्थानीय जनप्रतिनिधि, प्रदेश जनप्रतिनिधि र केन्द्रिय जनप्रतिनिधिलाई तियर खोलामा पुल निर्माण गराउन ध्यान दिनु जरुरीछ।
0 Comments