बारा - कार्तिक - ३ - श्रीकान्त गुप्ता - बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरा स्थित त्रिवेणी स्पिनिङ मिलस प्रा.लि उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ ।


झडपमा परी ९जना प्रहरी समान्य घाइते भएका छन भने १ जना गम्भीर घाइते भएर सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । झडपलाई नियन्त्रण गर्न प्रहरीले ३४ राउण्ड अश्रु ग्यास र एक राउन्ड गोली फाएर गरेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

त्रिवेणी स्पिनिङका मिलस प्रा.लि उधोगका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत ५ जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ । झडपमा संलग्न ७ रहेको ७ जना मजदुरलाई पक्राउ गरेका छन् ।कम्पनीले कामदारलाई

दशैं तिहारको बोनस नदिएको बिषयलाई लिएर जि.एम. को अफिस कोठामा करिब दुई सय तीन सय कमदारहरुले हिजो देखि तालाबन्दि गरी बसेको थियो । कामदार र उधोग बिच कुरा नमिले पछि झडप भएको थियो ।

घाइते प्रहरीहरु

१)प्र.ना.उ.युबराज तिमिल्सिना- दाहिने पाखुरामा चोट –सामान्य

२)प्र.नि.राज किशोर साह तेली- बाया खुट्टामा चोट – सामान्य

३)प्र.ना.नि.राजन थापा – नाकमा चोट – सामान्य

४)प्र.ह.श्रीराम पटेल – टुउकोमा चोट – सामान्य(थप उपचारको लागी गण्डक अस्पताल बिरगंज रिफर)

५)स.प्र.ह.दिपक गुरुङ – दाहिने हातमा चोट – सामान्य

६)प्र.ज.राजेश पुन मगर – बाया खुट्टामा चोट – सामान्य

७)प्र.ज. सदाम हुसेन – छातीमा चोट – सामान्य

८)प्र.ज.रुदल कु.यादब – दाहिने कुहिनामा चोट - सामान्य

९)प्र.ज.रुबोध कु.यादब – बाया कुहिनामा चोट – सामान्य

१०)प्र.ज.सुरेन्द्र महतो – ओठमा चोट – मध्यम(थप उपचारको लागी गण्डक अस्पताल बिरगंज रिफर)

नियन्त्रणमा लिईएको ब्यक्तिहरु

१)जिल्ला पर्सा बि.म.न.पा.३२ चोर्नि बस्ने अ.बर्ष २५ को सन्जय कु.यादब

२)ऐ.ऐ.२८ बस्ने अ.बर्ष २२ को ओम प्रकास मिस्र

३) ऐ.ऐ.प्रसागढी ५ बस्ने अ.बर्ष २५ को मनोज यादब

४)जिल्ला बारा कलैया उ.म.न.पा.१६ बस्ने अ.बर्ष २५ को राजेश यादब

५)जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.१० बस्ने अ.बर्ष २५ को अक्लेस पाण्डे

६)ऐ.ऐ.प्रसौनि गा.पा.५ बस्ने अ.बर्ष ३० को ब्रिज किशोर साह

७)जिल्ला बारा कलैया उ.म.न.पा.१२ बस्ने अ.बर्ष २६ को सोनालाल प्र. यादब.