बारा - २० असोज, काठमाडौं । बाराको अमलेखगञ्जमा बिहीबार बिहान साढे १० बजे बस दुर्घटना भएको छ ।

जीतपुरसिमरा उपमहानगरपलिका वडा नं २२ , ३ नम्बर पुल स्थित नारायणगढबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस आफै अनियन्त्रित भइ सडकको बाय तर्फ १५ र २० मिटर तल खसेकोछ । यूक्त बसमा ३० देखि ४० जना यात्रुहरु  सवार रहेको मध्ये हाल सम्म  ९ जना पुरुष र ५ जना महिला गरी जम्मा १४ जनाको मृत्यु भएकोछ । र पछि १ जना थप गरि १५ जनाको मृत्यु संस्था पुगेकोछ । घाइते यात्रुलाई  उपचारको लागि  हेटौंडा पठाईएको जिल्ला प्रहरी कार्यालायले जनकारी गराएका छन ।

चुरेली अस्पताल , जिल्ला अस्पताल , सुर्य अस्पतालमा लगाएत अन्य अस्पतालमा उपचार भइरहेकोछ । घाइतेको संख्या करिब २० भन्दा बढी रहेकोछ ।