बारा - असोज १४ - श्रीकान्त गुप्ता - बाराको आर्दश कोतवाल गाउँपालिका कार्यालयमा आज जनप्रतिनिधि र क्रमचारी बिच शुभकामना आदान प्रदान कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले कार्यक्रमलाई सम्बोध गर्दै सत्य तथ्य छानबिन गरि नागरिकताको लागि सिफारिस गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन ।भारती नागरिकले नेपालमा जाली आमाबुबा बनाएर जाली नागरिक्ता बनाउनेको बिगबिगी तराई मधेसको जिल्लामा बढेकोछ।भारतीय नागरिकको जालसाजी सिफारिस गरेमा देश द्रोहीत मुदा लाग्छ ।भारतिय नागरिकलाई नागरिक्ता दिदा देश खोखला हुन्छ ।देशको शासन सबिधान लोकतन्त्र र अर्थतन्त्र कमजोर हुन्छ ।सिमानाकामा जति बंसज नागरिक छ । त्यसलाई पछि विभिन्न क्षेत्रमा जान समस्या हुन्छ ।त्यसकारण नेपाली नागरिकलाई पहिचान गरि नागरिक्ता सिफारिस गर्न प्रमुख जिल्ला अधिकारी कटुवालले बताएका छन ।
त्यस्तै बारामा पछिलो समयमा घटेको घटनालाई औलोकन गर्दै बारामा बलात्कार ,अपहरण , हत्या हिंसा , महिला बेच बिकेन ,चोरी निकासी जघन्य अपराध जस्ता घटनालाई बाराका गाउँले पन्चले गुपचुप रुपमा गाउँमै मिलाउदै आएको कारणले बारामा जघन्य जस्ता अपराध बढेकोछ ।पिडीत पक्ष र अपराधी पक्षसंग गाउँले पन्चले दुई लाख देखि पाँच लाख सम्म पैसा खाने गर्छन। गाउँले पन्चले अपराधीलाई संरक्षण गर्ने गर्नाले प्रहरीको खोरमा अपराधी आउने सकेका छैन।केही फरार रहेका छन भने केही पक्राउ परेका छन ।अपराधीलाई संरक्षण गर्ने गाउँले पन्चलाई प्रहरीको खोर सम्म पुर्याउने जिल्ला प्रहरी कार्यालय बाराका उपरीक्षक होबिन्द्र बोगटीले बताए ।यदी कसैले त्यस्तो घटनालाई गाउँमा उपमहानगरपालिका नगरपालिका र गाउँपालिकाको न्यायीक समितिबाट न्याय दिलाउछु ।भन्छ ।भने प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउनु सबैमा आग्रह गरे न्यायीकपालिकाबाट सजाय दिलाउन पाइदैन मुदा दर्ता गरेर अदालतबाट सजाय दिलाउनु पर्ने उपरीक्षक बोगटी बताए ।
आर्दश कोतवालका गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमोद साहले गाउँपालिका कार्यालयमा सेवाग्राहीलाई छिटो छरितो शान्ति पूर्ण तरिकाबाट सम्पूर्ण क्रमचारीले मिलेर सेवा दिदै आएको बताए ।सेवाग्राहीलाई नियमले मिल्ने काममा कुनै किसिमको बाधा आडचन बिना सेवाग्राहीलाई सेवा गर्दै क्रमचारीहरुले आएकोछ । गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधि र जनप्रतिनिधिहरु बिच रहेका बाधा आडच र मनमोटाव लाई अन्तगरी शान्ति पूर्ण तरिकाबाट गाउँ सभा कार्यक्रम गराउन सफल भएको अधिकृत साहले बताए ।
आर्दश कोतवाल गाउँपालिका अध्यक्ष जवाहरलाल साहले भने गाउँबासीले सेवाको लागि मौका दिएकोछ । जनताको सेवा गर्नु मेरो धर्म छ ।अहिले सम्म गरेको कार्यमा जनताको कुनै गुणासो नाअएको गाउँपालिका अध्यक्ष साहले दाबी गरे ।यदी वडा अध्यक्षले वडा कार्यालयमा लापरवाही गरेको भेटिएमा र जनतासंग खेलवाड गरेमा चुप नबस्ने बताए । गाउँपालिकाको भौतिक पूर्बधार ,बिजुली बती ,स्वास्थ , शिक्षा ,महिला बिकास , मठमंन्दिर ,महजित क्षेत्रलाई प्राथमिक्तामा राखेको साहले बताए ।
दशैं ,तिहार ,छठ पर्बको समयमा आर्दश कोतवल गाउँपालिकामा जुव तास समेत बन्द रहने गाउँपालिकाले जानकारी गराएका छन । शुभकामनामा आदान कार्यक्रममा वडाहरु अध्यक्ष प्रहरी प्रशासन ,क्रमचारी स्थानीय गुडु यादव लगाएत अन्य समाजसेबी उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन सिकेन्द्र पैसवान गरेका थिए भने कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह गरेका थिए ।



0 Comments