बारा -असोज ९ - बारामा एकैदिन दुई वटा पुलको शिलन्यास भएको छ । जिल्लाको जैतापुर—रामनगर रघुनाथपुर र मधुवन खम्बा पसाहा पुलको शिलन्यास भएको छ ।
सो पुलको शिलन्यास पुर्ब बन तथा बाताबरण मन्त्री रामसहाय यादब र बारा क्षेत्र नं.३ का निबर्तमान प्रतिनिधि सभा सदस्य रामबाबु यादबले गर्नुभएको छ । हिन्दुपरम्परा अनुसार पुजापाठ गरी पुलको शिलान्यास गरिएको थियो ।क्षेत्र नं २ बाट निर्वाचित एवम पूर्ब बन तथा बाताबरण मन्त्री रामसहाय यादव र क्षेत्र नम्बर ३ का निवर्तमान संघीय सांसद एवम् जनता समाजवादी पार्टी(जसपा) का मधेस प्रदेश अध्यक्ष रामबावु कुमार यादवको सयूक्त पहलमा  ठेक्का प्रक्रियामा अगाडि बढेको थियो ।मन्त्रालयले जिल्लाको अति महत्वपुर्ण सडकको रुपमा रहेको सिमरा–कोल्हवी सडक अन्तरगत जीतपुरसिमराको वडा नम्बर १७ मा जैतापुर र रामनगर जोड्न पसाहा नदिमा तथा कलैया–सिस्वा महेशपुर–मधुवन सडक अन्तरगत खम्वा र मधुवन जोड्ने पसाह नदिमा पुल निर्माण भइरहेकोछ । 
 
जैतापुर र रामनगर जोड्न पसाहा नदिमा आसोज ४ गते मंगलवार बोलपत्र आवहान गरेको छ । उक्त पुल १६५ मिटर लम्बाई दुई लेन गरि करिव ४० करोडको लागतमा निर्माण हुने लागेको हो ।

यस्तै पसाहा नदिकै खम्वा र मधुवन जोड् पुल निर्माणका लागि यसअघि गत भदौ २६ गते नै सडक डिभिजन कार्यालय हेटौडाले ठेक्काको लागि बोलपत्र आवहान गरिसकेको छ । यो क्षेत्रमा करिब १०५ मिटर लम्बाईको दुई लेन पुल करिब साढे २६ लाखमा निर्माण हुने जनाईएको छ ।