बारा -असोज - ७ - श्री पालपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको औं १० सधारण सभा आज सम्पन्न भएकोछ ।
महागढीमाई नगरपालिका वडा न २ अवस्थित श्री पालपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निजी भवनमा साधारण सभा कार्यक्रमको उद्घाटन महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवले पानस बती बाली कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा नगरपालिकाका नगरप्रमुख यादवले भने मिटर ब्याज ज्यान मारा ब्याज भन्दा संस्थाबाट ऋण लिदा देश र ब्यक्तिलाई फाइदा हुन्छ ।संस्थाबाट ऋण लिदा ऋण तिर्नमा केही गाह्रो हुनेछैन मिटर ब्याज भन्दा सस्तो पर्छ ।श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्थाले महागढीमाई नगरपालिकालाई मात्र होइन जिल्लाको अन्य पालिकामा रोजगारी शृजना गरेका छन । यस संस्थाले नगरपालिकाको आर्थिक स्रोतमा वृद्धि गरेको हुनाले यस संस्थालाई सरक्षण गर्न सबैको दायित्व रहेको नगरप्रमुख यादवले बताए ।
साधारण सभा कार्यक्रमको अध्यक्षता गर्दै श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष बृजकिशोर साह लहेराले यस सहकारी संस्था लिमिटेडबाट सरकार र सरकारका जनताले प्रतेक्ष रुपमा सेवा लिरहेका छन ।संस्थाले यूवा स्वरोजगार ऋण, कृषि ऋण, क्रमाचारी ऋण,सदस्य सहायता ऋण, ब्यक्तिगत ऋण, सवारी ऋण ,गरिबी निवारण ऋण, लकडाउन र ऋण, कन्यादान ऋण लगानी गरेर देश र जनताको बिकासमा सहयोग गरेको हुनाले पालिकामा उत्कृष्ट संस्था लिमिटेडको रुपमा पहिचान बनाएको साहले बताए ।यस संस्था लिमिटेडका ,शेयर धनी , क्रमचारी ,ब्यपारी ,र स्थानीयको साथ सहयोग दिएको कारणले संस्थाको प्रगति भएको अध्यक्ष साहले साधारण सभामा जनकारी गराएका थिए ।
साधारण सभा कार्यक्रममा शेयर अनुपातमा नाफामा गतबर्ष ०७७/०७८ मा ३६/५८% संस्थाले नाफा गरेको थियो । भने ०७८/ ०७९ मा झरेर २४ % प्रतिशातमा नाफा आएकोछ ।यस सहकारी संस्थामा बचत भन्दा शेयर धनी को संख्यामा वृद्धि भएको र अन्य कारणले सहकारी संस्था लिमिटेडको नाफा घटेको ऋण समितीको संयोजक गौरीशंकर प्रसाद कुश्वाहाले सभामा बताए । बिगतको कमिकजोरीलाई चालू आर्थिक बर्षमा सुधारेर जाने बताए ।
त्यस्तै कार्यक्रममा संस्थाले साबिक अर्थात १६ प्रतिशत ब्याज दरमा सदस्यहरुलाई निरन्तर ऋण प्रवाह गर्दै आएकोछ । महागढीमाई नगरपालिका वडा नं १ किडनी ग्रसित शिक्षक श्रीनिवास साह तेलीलाई एकइस हजार र नगमा खातुनलाई उपचारको लागी पांच हजार एक सय आर्थिक सहयोग गरेको संस्थाका सचिव साह कानुले सभामा बताएका थिए ।कोरोनाको महामारीमा पनि गरिब बिपन्न परिवारलाई राहत बितरण गरेका थिए । यस संस्थाले देशको संकटको बेलामा कहिले पक्षी हटेका छैन। समाजिक सेवा गर्ने संस्थाको लक्ष्य र उदेश्य पनि रहेको कुरालाई साह कानुले प्रस्तुत गरेका थिए ।
सधारण सभा कार्यक्रममा कार्यक्रम बिशिस्ट अथिती महागढीमाई नगरपालिकाका वडा नं १ अध्यक्ष मनोज गुप्ता , वडा नं २ का वडा अध्यक्ष बिश्वनाथ कुशवाहा , लगाएत अन्य अथितीहरु उपस्तिथि रहेका थिए ।श्री पालन पोषण ऋण तथा बचत सहकारी संस्था लिमिटेडका विभिन्न पदीय अनरुद यादव ,नन्द किशोर कुशवाहा ,जयचन्द्र कलवार , राजकुमार कुशवाहा ,गगन देव साह लहेरा ,प्रदोष सिंह ,रामचलित्र कुशवाहा ,पानालाल कलवार ,लगाएत क्रमचारी र समाज सेबीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सुरेन्द्र कुशवाहा र रंजित कुशवाहाले गरेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य जयप्रकाश कुशवाहाले राखेका थिए ।




0 Comments