बारा- भादौं १७ - बारागढी गाउँपालिकामा बिगतको समयमा अपाङ्गता कार्ड बितरण गर्नमा भएको अनियमितताले अहिले अपाङ्गहरुलाई भाता बितरण गर्न बारागढी गाउँपालिकालाई समस्या भएकोछ ।
बारागढी गाउँपालिका अन्तरगत पर्ने साबिक गा.बि.स र बारागढी गाउँपालिकाले अनियमित रुपमा बितरण गरिएको अपाङ्गता कार्डका कारणले हाल अपाङ्गतालाई भाता बितरण गर्न समस्या भएको हो ।सरकारले देशमा चार किसिमका अपाङ्गलाई मान्यता दिएर कार्ड बितरण गरेकाछन ।पूर्ण अशक्त अपाङ्गलाई रातो कार्डबाट भाता तीन हजार नौव सय नब्बे ,अति अशक्त अपाङ्गलाई गृन कार्डबाट भाता एकइस सय अठाईस, माध्यम अपाङ्गलाई एलो कार्डबाट भाता पाउदैन र समान्य अपाङ्गलाई सेतो कार्डबाट भाता नपाउने प्रवधान रहेकोछ ।तर बारागढी गाउँपालिकाले अति अशक्त अपाङ्गलाई रातो कार्ड र समान्य र मध्यम अपाङ्गलाई गृन कार्ड बितरण गरि भाता बितरण गर्दै आएको गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले बताए ।उनका अनुसार गाउँपालिकामा रहेका अपाङ्गहरुले नियम बिपरित लिएको कार्डबाट भाता लिन आउँदा क्रमचारीले भाता दिन नमानेपछि क्रमचारी र निर्वाचित जनप्रतिनिधिलाई अपाङ्गहरुले बिबाद गर्न थालेको अध्यक्ष साहले गुणासो गरेका छन ।
साबिक गा.बि.स र गाउँपालिकाले बनाएको कार्डबाट भाता बुझदै आएको अपाङ्गहरुले बताएका छन । तर अहिले आएर गाउँपालिकाले रेड कार्डबाट भाता दिन नमिल्ने गृन कार्डबाट भाता पाउने गाउँपालिकाले बताएको एक अपाङ्गले बताएका छन ।डाक्टरको लापरवाहीले गर्दा अपाङ्गहरुलाई भाता बितरण गर्न समस्या भएको बारागढी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देबि रायले बताएकी छिन ।
बारा गाउँपालिकामा जनप्रतिनिधि क्रमचारी र केही अपाङ्गले भाताको ओल झेलमा परेकोछ ।पछिलो समयमा भएको गल्ती सुधारेर जाने प्रमुख प्रशासकीय अधिकृत कमलेस मिश्राले बताए


0 Comments