बारा - असोज -३ - बाराको  बारागढी गाउँपालिकाले आज संबिधानको दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेकोछ। 
बारागढी गाउँपालिका कार्यालयमा राष्ट्रिय झण्डा फहराई  राष्ट्रिय गान र सहिद प्रती मन धारण गर्दै संविधान दिवस मनाइएको हो  संबिधान दिवसको अवसरमा बारागढी गाउँपालिका कार्यालयबाट वडा नं ३ को बजार सम्म  जनप्रतिनिधि ,क्रमचारी र प्रहरी हाथमा झाडु  लिएर सडकलाई सफा गर्दै बजार सम्म पुगेको थियो ।गाउँपालिका भित्री जाथाभाबी  दिशा पेसाब , नगरौँ चर्फीको प्रयोग गरौँ  फोहर मैला नगरौं, फोहर मैला र जथाभावी दिशा पेसाबबाट उत्पन्न हुने रोगको बारेमा माइकिङ्ग गर्दै सरसफाई गरेको हो । बाटो घाटो र सडको पेटीमा थुफ्रीएको फोहर मैलालाई ब्यवस्थापन गर्दै  बारागढी गाउँपालिका अध्यक्ष अशोक जयशवालले बताए । नयाँ सबिधानमा मधेसी जनतालाई हक अधिकार नदिए सरकारले कटौती गरेकोछ। जनसंख्याको अधारमा निर्वाचन क्षेत्र तोक्नु पर्नेआवश्यक रहेकोछ ।बर्षौं देखि मशेसी जनताले नेपालमा बस्दै आएकोछ । तर उनीहरुलाई सरकारले नगरिक्ताबाट बन्चित गरेका छन । जब सम्म मधेसको हक अधिकार पाउदै भने तब सम्म हाम्रो माग जारी नै रहने अध्यक्ष जयसवालले बताएका छन ।
त्यस्तै बारागढी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देबी रायले संविधान दिवसलाई मनाइदै गाउँपालिकालाई सरसफाइ गर्न र स्वच्छ सुन्दर राख्न हामी सबैको दायित्व रहेको उपाध्यक्ष रायले बताएकीछिन ।गाउँबासीले आआफ्नो ठाउँबाट आफ्नो टोललाई स्वच्छ सफा राख्नु सबैमा अनुरोध गरेकीछिन । 
बारामा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका कार्यालयमा निर्वाचित जनप्रतिनिधिहरुले दिप प्रज्वलन गरेका छन ।त्यस्तै बाराको अधिकांश ठाउँ सेमरा , निजगढ ,अमलेखगञ्ज ,जितपुर लगाएत ठाउँमा आज राती दिपावली मनाउने  स्थानीयहरुले जनकारी गराएका छ्न । तर संविधान प्रती मधेसी दलका नेता कार्यकार्ताहरुले अशंतुस्ट जनाएका छ्न ।