बारा - सावन - ३०- महागढीमाई नगरपालिकामा मेयर पदका भावि उम्मेदवार चर्चित ईमानदार कर्मठ एवम स्वच्छ स्वभावका यूवा नेता राकेश कुशवाहाले एक हजार यूवालाई नि: शुल्क वैदेशिक रोजगारमा पठाउनको लागि आवेदन फर्म खोलेका छन ।
यूवा नेता कुशवाहाले हवाईट हर्स रिक्रुटमेन्ट प्रा. लि द्वारा मलेसिया जोहर बारु अवस्थित एसडिएन बिएचडी कम्पनीमा जानको लागि नि: शुल्क मेडिकल, नि: शुल्क भिसा र नि:शुल्क टिकटमा मलेसिया जान पाउने कुशवाहाले बताएको हो ।वैदेशिक रोजगार कम्पनीहरुले जिल्लाको विभिन्न ग्रामीण भेगमा एजेन्ट पठाएर कामदार खोज्न लगाउछन। ती कामदारबाट एक लाख देखि तीन लाख सम्म पैसा उठाउने गरेको गुणासो सुनेर महागाढीमाई नगरपालिकाका अन्तरगत रहेका स्थानीय यूवा कामदारका सहुलियतको लागि एसडिएन बिएचडी कम्पनीमा कुरा गरेर हवाईट हर्स रिक्रुटमेन्ट प्रा. लि.मा एक हजार कामदार संख्याको सिट (डिमान्ट) ल्याएको बताए महागढीमाई नगरपालिका वडा नं १ स्थित एन आई सी एसिया बैंकको तल्ल कार्यालयको छ । इच्छुक ब्यक्तिले फर्म भर्न सकिन्छ । फर्म भर्नमा कुनै शुल्क लाग्ने छैन ।अन्तिम अन्तरबार्ता भादौ ३, ४ ,र ५ गते काठमान्डौं हुनेछन ।

एसडिएन बिएचडी कम्पनीमा इलोक्ट्रोनीकको विभिन्न पार्टपूर्जा बन्ने गरिन्छ।कमदारलाई बढी बजन उठाउनु पर्दैन ।यस कम्पनीको मासिक आधारभुत तलब रिङ्गिट रु पन्द्र सय रहेकोछ ।खाना ,बस्ने पनि नि: शुल्क छन।ओभर टाइम कम्पनी चल्ने गर्छन ।यस कम्पनीमा जानको लागि अन्य केही बर्ष पहिला वैदेशिक रोजगार कम्पनीले १ लाख देखि दुई लाख लुकि छुपी एजेन्ट र कम्पनीले कामदार मार्फत पैसा लिएको थियो ।तर दलाल र अन्य कम्पनीको प्रलोभनमा नपर्न स्थानीयलाई कुशवाहाले आग्रह गरेका छन महागढीमाई नगरपालिका अन्तरगत रहेका बेरोजगार समस्याले यूवाहरु पीडामा रहेको समस्या बुझेर ग्रामीण भेग भर्ती अभियान संचालन गरिएकाछन।कुशवाहाले २० बर्ष भन्दा बढी दिन देखि मलेसियामा आफ्नो विभिन्न ब्यवसायक संचालन गरेको हुनाले त्यहाँको बाताबरण बारेमा जनकार रहेको छ ।
महागढीमाइ नगरपालिकाका दस हजार भन्दा बढी स्थानीय जनतालाई नि: शुल्क वैदेशिक रोजगारमा पठाउने उनको प्रतिबद्धता रहेका छन । नगरको मेयर पदमा निर्वाचित भएमा शिक्षा ,स्वास्थ भौतिक पूर्बधार लगाएत अन्य क्षेत्रमा उल्लेखनीय बिकास गर्ने कुश्वाहाको भनाइ छन ।