बारा - सावन १६- महागढीमाई नगरपालिकामा सर्बसधारण स्थानीय जनताहरुको राहतका लागि कृषि, स्वास्थ , शिक्षा र भौतिक पूर्बधार क्षेत्रमा बिकास गर्ने पहिलो प्राथमिकता रहेको नगरपालिकाले बताएका छन ।
मधेस प्रदेशको चर्चित जिल्ला बारामा रहेको महागढीमाई नगरपालिकाले यसपालिका शिक्षा ,स्वास्थ , कृषि , पर्यटन र भौतिक पूर्बधार क्षेत्रलाई प्राथमिकतामा राखेर बिकास गर्ने योजना रहेको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताएका छन ।महागढीमाई नगरपालिकामा नगर अस्पतालको अभावमा यहाँको जनताले अहिले सास्ती खेप्दै आएका छन ।बिबादको कारण सुनिश्चित ठाउँमा अस्पतालको निर्माण हुन नसकेको उहाँले बताए ।त्यस्तै महागढीमाई नगरपालिका  कृषि प्रधान नगरपालिकाको रुपमा जिल्लामा पहिचान बनाएको हो ।यस नगरपालिकामा ९५ प्रतिशत बन्दा बढी स्थानीय जनताले कृषि पेशामा आबद्ध रहेकाछन ।यहाँका स्थानीयले कृषि पेशाबाट आय आर्जन गरेर आफ्नो जीवनको प्रतिपाल गर्दै आएको छ।यस क्षेत्रमा अधिकाश जग्गा खेतीयोग्य रहेको हुनाले यस क्षेत्रका किसानले धान ,गहुँ ,मकै ,मसुली , विभिन्न सिजनली तरकारी ,माछा पालन ,गाई पालन ,भैंसी पालन गरेर आत्मा निर्भर बनेका छन ।तर यहाँका कृषिकको लागि नगरपालिकाले कृषि मिटरबाट उठेको यूनिट फृरी  र ,कल ,बितरण गरेका छन । फेरि यसपालि यूनिट फृरी , कल बितरण मल बीउ र खाद अनुदानमा बितरण गर्ने जनकारी गराएका छन ।   

त्यस्तै नगरपालिकाका केही वडामा नाला सडक ढलान कल्भट र नयाँ बाटोघाटोको अभावमा स्थानीयले बर्षाको समयमा घर भित्री पानी पस्ने र बाटो हिलोको कारण आउन जान सास्ती झेप्दै आएका छन ।बिग्रेको ठाउँमा समय भित्री नाला , सडक ढलान र कल्भटको निर्माण गरेर चिटिक सुन्दर नगरपालिकाको रुपमा बिकास गर्ने नगरप्रमुख यादवले बताए ।नगरपालिकामा भित्री बिगतको समयमा भएको शिक्षा र स्वास्थ क्षेत्रमा केही कमि कमजोरीलाई सुधारेर अगाडि बढने बताए ।नगरपालिका बोर्डमा बहुमत अभावका कारण बिकास गर्न अलि गाह्रो भएपनि सबै जनप्रतिनिधिसंग समन्वय गरेर अगाडि बढने जनकारी गराउनु भएकोछ । 

गरिब बिपन्न परिवारका महिलाहरुलाई विभिन्न किसिमका सिप मुलक तालिम दिएर रोजगार बनाउने र गर्भवती महिलालाई समयमा निशुल्क चेक जांच गराउने महिलाहरुका लागि योजना रहेकोछ ।त्यस्तै समाजमा बिकृतको रुपमा फैलिएको दहेज , प्रथा ,महिला हिस्सा, गर्भपतन ,महिनवारी सम्बन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम गरेर महिलाहरुलाई संरक्षण गर्न सकेनसके पनि  यसपालि कमि कमजोरी सुधारेर अगाडि बढने महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देबी कानुले बताए । 

नगरपालिका भित्री आउने सर्बसधारणको काम छिटो चरितो ,समयमा गर्ने गाउँपालिका सम्पूर्ण क्रमचारीले  प्रतिबद्धता गरेका छन ।