असार- २० जनता समाजवादी पार्टीले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।
कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएकोछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने अझ निरन्तरता दिइएको छ ।
जनता समाजबादी पार्टीले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसकेको छ । नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । इस्तियाक राईलाई भौतिक पूर्वाधार, प्रदिप यादवलाई वन र राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको जसपाको स्रोबाट आएकोछ । आज नयाँ मन्त्रीहरु आज या भोलि सपथ लिने भएकोछ ।

0 Comments