बारा - असार - १८ - निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाण्डौ फास्ट ट्रयाक निर्माणका लागि सधै संसदमा अवाज उठाउने प्रतिनिधि सभा सदस्य तथा खानेपानी मन्त्री  माननिय उमाकान्त चौधरीले गरेको मेहनतबाट बारामा दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल बन्ने भएकोछ । 
पाँच दलिय गठबन्धनका शिर्ष नेताहरु आज बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रायाकलाई  अवलोकन गरेकाछन ।सैनिक हेलिकप्टरबाट विमान स्थल निर्माणका लागि छुट्याइएको २० हेक्टर भन्दा बढी जग्गालाई अनुगम गरेकाछ्न ।अनुगम पश्चात सैनिक ब्यारेकमा कोणसभा कार्यक्रम गरि दोस्रो अन्तरास्ट्रिय विमानस्थल निजगढमा नै बन्ने प्रधानमन्त्री शेरबहादुर देवाले खुलासा गरेकाछ्न ।विमानस्थलका लागि छुट्याइएको जग्गामा सोचेको जस्तो बनजङ्गल नरहेको प्रधानमन्त्री देवाले कार्यक्रममा बताए ।उनले भने विमान स्थलका लागि ५ लाख भन्दा बढी रुख काटनु पर्दैन ।
त्यस्तै अनुगमनमा पुगेका नेकपा माओवादीका पूर्ब प्रधानमन्त्री पुष्पकमल दहालले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सर्बोच्च अदालतले पूर्ण पाठ गरि निर्माणका लागि  आदेश गरेकोछ ।अब निर्माणको काममा केही समस्या हुँदै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै बन्छ ।नत्र फास्ट ट्रायाक बनाउने कुनै औचित्य नै छैन । देशको समृद्धि सुशासन ,आर्थिक बिकासका लागि निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमान निजगढमा नै बन्छन । 

त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलका लागि अध्यनबिज्ञहरुले छुटयाइएको जग्गामा हेर्दा खेरी ५ लाख भन्दा बढी रुख काट्नु पर्दैन ।सोचेको जस्तो घना जंगल छैन ।टाङ्गिया बस्तीका बसिन्दाहरुलाई अर्को ठाउँमा ब्यवस्थापन गर्नु पर्छ अब द्रुत गतिमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढने एकीकृत समाजबादी अध्यक्ष माधव कुमार नेपालले कार्यक्रममा बताएकाछन । 

अवलोकनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव र खानेपानी मन्त्री उमाकान्त चौधरी पनि रहेको थियो ।