बारा - जेष्ठ - २३ - बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा महागढीमाई नगरपालिका वडा नं . ५ का दोस्रो पटक निर्वाचित वडा अध्यक्ष र वडा नं .११ का नव निर्वाचित वडाअध्यक्षले आफ्नो मासिक सेवा सुबिधा नलिने खुल्याम घोषणा गरेकाछन ।
नेपाली कांग्रेसका कोमल र मिलनसार स्वभावका वडा अध्यक्ष गजेन्द्र जयसवालले आफुले पाउने मासिक सेवा सुबिधा नलिने खुल्याम घोषणा गरेका छन ।त्यस्तौ वडा नम्बर ११ का नव निर्वाचित नेपाली कांग्रेसका युवा नेता अरबिन्द बन्ठाले पनि सेवा सुबिधा नलिने खुल्याम घोषणा गरेका छन ।वडा कार्यालयमा पदभार ग्रहण गरेको एक दिन नबित्दै यी दुबै मिलनसार चर्चित वडा अध्यक्षले आफुले पाउनु पर्ने सेवा सुबिधा जनताको बिकासको प्रयोगमा ल्याउने नगरपालिकालाई दुबै वडा अध्यक्षले आग्रह गरेका छन ।
वडा नं ५ का वडाअध्यक्ष जयसवाल वडा अध्यक्षमा जनतामा लोक प्रिय भएर दोस्रो पटक निर्वाचन भएका छन । वडा कार्यालयमा जनताको काम छिटो झरितो गर्ने गरिब बिपन्न परिवारका जनतालाई कुनै पनि समयमा आर्थिक सहयोग गर्दै गरिब बिपन्न परिवारका जनतको लागि समय समयमा विभिन्न किसिमको तालिम ,दिदै आएका हो त्यस्तै बेरोजगार गरिब बिपन्न जनतालाई प्रधानमन्त्री मन्त्री स्वरोजगार कार्याक्रममा रोजगार दिएर आफू वडामा चर्चित भएर जयसवालले दोस्रो पटक निर्वाचित भएका छन । अहिले आएर देशलाई भार नपर्ने उदेशलाई आफ्नो सेवा सुबिधा नलिने घोषणा गरेका छ्न।


0 Comments