बारा -असार - गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम अन्तरगत बारागढी गाउँपालिकाले १५ दिन अगाडी संचालन गरेका चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न गरेकाछन ।
बारागढी गाउँपालिका वडा न १ गरहलमा गरिब बिपन्न परिवारका २० जना महिलालाई १५ दिने चप्पल बनाउने तालिम बारागढी गाउँपालिकाले दिएको हो ।१५ दिन अगाडि संचालन गरेको तालिम शुसम्पन्न भएकोछ ।तालिममा ४ किसिमको चप्पल बनाउन सिकाएको महिलाहरुले बताएका छन ।महिलाहरुले चप्पल उधोग खोल्न गाउँपालिक अध्यक्ष अशोक जयसवालको अगाडि प्रतिबद्धता गरेकाछन ।गाउँपालिका अध्यक्ष अशोक जयसवालले महिलाहरुलाई चप्पल उधोग खोल्न आग्रह गरेकाछन ।
महिलाहरुलाई रोजगारी दिलाउको लागि गरेको प्रतिबद्धता आफू बिस्तारै पूरा गर्दै गएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी देबी रायले बताएकीछिन । महिलाहरुलाई दिएको सीप मुलुक तालिम महिलाहरुले उपयोग गरेमा महिलाहरुलाई कहिले दु:ख भोग्नु नपर्ने कार्यक्रममा उपाध्यक्ष रायले बताएकीछिन ।
बारागढी गाउँपालिकाको आर्थिक सहयोगमा महिलालाई मात्र लक्षित गरेर चप्पल बनाउने सीप मुलुक तालिम दिएको बारागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले बताएका छन ।उनले भने शहर क्षेत्रमा चप्पल बनाएर महिनामा लाखौ रुपैया कमाई रहेकाछन । तीन लाखको लगानीमा चप्पल बनाउने उधोग खोल्न सकिन्छ ।चप्पल उधोगबाट एक बर्षमा ५० लाख भन्दा बढी कमाउन सकिन्छ । सीप मुलक तालिमलाई दुरुपयोग नगर्नु उपयोग गर्नका लागि महिलाहरुलाई चौधरीले अनुरोध गरेकोछ ।
कार्यक्रममा स्थानीय महिलाहरु ,चप्पल बनाउने प्रशिक्षक ,पत्रकार , लगाएत उपस्थित रहेको थियो कार्यक्रमको संचालन सरोज साहले गरेको थियो ।


0 Comments