बारा -असार - १०- सुवर्ण गाउँपालिकाले आ.व.२०७९/०८० का लागि ४० करोड भन्दा बढी बजेट सर्बजनिक गरेकोछ । आ.व ०७९/०८० को लागि गाउँपालिका उपाध्यक्ष पुनम कुमारी यादवले ४० करोड ५३ लाख २८ हजार १ सय बजेट सर्बजनिक गरेकीछिन
गाउँ सभा कार्यक्रममा शिक्षा ,स्वास्थ , कृषि , संस्कृत पर्यटन , र भौतिक पूर्बधारलाई प्राथमिकतामा राखेर गाउँपालिकाले बिकास गर्न योजना बनाएको गाउँपालिका अध्यक्ष राजेश यादवले बताएका छन ।उनले भने कृषि क्षेत्रमा खेतिपाती गर्नेको लागि मिटरमा खपत हुने विधुत्तको रकम नि:शुल्क गर्ने, समय समयमा कृषि सम्बन्धि तालिम , बिउ बिजन समेत उपलब्ध गराउने , त्यस्तै बेरोजगार यूवालाई विभिन्न किसिमको तालिम दिएर रोजगारी बनाउने , समाजिक बिकृतीलाई रोक लगाउने , सडक ढलान नाला निर्माण कल्भट निर्माण गर्ने त्यसरी शिक्षा तर्फ गरिब जेहन्दार बिद्यार्थीको छात्र वृत्ति , बिधालयको भवन निर्माण , गुणस्तरीय शिक्षा प्रदान गर्ने ,लगाएत अन्य क्षेत्रमा जनताको आवस्यकता अनुसार बिकास गर्ने गाउँपालिका अध्यक्षले गाउँ सभामा प्रतिबद्धता गरेकोछ।
सुवर्ण गाउँपालिकामा लोकप्रिय मतबाट निर्वाचित भएका जनप्रतिनिधिले जनताको चाहाना अनुसार बिकास गर्ने गाउँपालिकाको ९ अौँ गाउँसभाका प्रमुख अतिथि एवम् नेपाली काँग्रेसका पूर्ब संसद राधेचन्द्र प्रसाद यादवले बिश्वास दिलाउनु भएकोछ ।जनताको हक हितका लागि खुल्ला मन्चमा नगरसभा गरेको सराहनीय कार्यक्रम भएको बताएका छन ।२०१५ सालका अर्थमन्त्री सुवर्ण शमशेर यहीँ पावन भूमि सुवर्ण गाउँपालिकामा जन्मेकाले वहाँकै नामबाट गाउँपालिकाको नाम रहन गएको पूर्ब संसद यादवले बताएका छन ।

गाउँ सभा कार्यक्रममा विशिष्ट अतिथि क्षेत्र नं २ का क्षेत्रीय सभापति रामप्रवेश यादव , नेपाली काँग्रेसका नेता एवम् पुर्व संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादव शिक्षा प्रेमी ,समाजप्रेमी , विभिन्न दलका राजनीति नेताहरु प्रहरी ,समाजसेबी लगाएत उपस्थित रहेको थियो ।