बारा -असार - ९ - बाराको निजी बिधालयहरुले आफ्नो कमिसनको चल खेलका लागि हरेक बर्ष जस्तै यस बर्ष पनि पाठयपुस्तक परिवर्तन गरेको अभिभावकहरुले गुणासो गरेकाछ्न ।

निजी बिधालयहरुले नयाँ शैक्षिक सत्र शुरू गरेसंगै कक्षा नरसरी देखि कक्षा ४ र कक्षा ६, ७ का पाठ्यपुस्तक यस बर्ष पनि निजी बिधालयले आफ्नो कमिसनको लागि पाठयपुस्तक परिवर्तन गरेका छन ।निजी बिधालयले सेटीङ्ग गरिएका किताब पसलमा पुस्तक खरिद गर्नका लागि अभिभावकलाई बाध्य बनाएको हो ।निजी बिधालयले कमिसनको लागि सेटीङ्ग गरिएका एउटै पुस्तक पसलमा मात्र सोही बिधालयको किताब पाउछ्न अर्को पुस्तक पसलमा त्यो बिधालयको किताब नपाएको स्थानीय अभिभावकहरले बताएका छ्न ।उनको अनुसार हरेक बर्ष किताब किन्दा खेरी किताब पसलबाट १० देखि १५ प्रतिशत छुट पाउने गर्थ्यो ।यस बर्षमा १ प्रतिशत पनि छुट पाएको छैन ।हामीलाई छुट पाउने रकम निजी बिधालयले पाएका छन ।एउटा बिधालयले पुस्तक पसलबाट दुईदेखि पाँच लाखसम्म कमिशन दिएको आरोप लगाएका छन ।

पब्लिकेसनले निजी बिधालहरुलाई पाठयपुस्तक परिवर्तन गर्नको लागि २० प्रतिशत भन्दा बढी कमिसन दिएर पब्लिकेसनले निजी बिधालयसंग हरेक बर्ष पाठयपुस्तक परिवर्तन गराउदै आएका छन ।भने पब्लिकेसनले पुस्तक पसल बिक्रेतालालाई ४० देखि ५० प्रतिशत सम्म कमिशन दिने गरेको छ । सो कमिशनबाट पुस्तक पसले यस अघि अभिभावकहरूलाई १० देखि १५ प्रतिशत सम्म छुट दिंदै आएका थिए । तर यस पटक पाठयपुस्तकमा छुट नपाइएको अभिभावकहरूले गुनासो गरेका छ ।यसअघि मेरो सेरोफेरो पुस्तकमा विज्ञान, सामाजिक, स्वास्थ्य र सामान्य ज्ञानको व्यवस्था थियो तर कमिशनको लागि विज्ञान, सामाजिक र सामान्य ज्ञानका छुट्टै पुस्तक प्रकाशन गरी बिक्री गराइरहेका छ्न।अहिले बारा र पर्सामा रहेका अधिकांस पुस्तक पसलमा पाठयपुस्तक खरीदको लागि अभिभावक र बिद्यार्थीको भीड देख्न सकिन्छ ।त्यस्तै निजी बिधालयले स्कुल ड्रेस , टाईबेल , बेग , भेस्ट लगाएत अन्य शैक्षिक सामग्री पसललेसंग मिलोमतो साठगाठ गरेर अभिभावकलाई निजी बिधालयले ठगिदै गरेका छ्न ।कति बिधालयले आफ्नो बिधालयबाट टाई बेल , बेग ,र भेस्ट , बिक्री गरिरहेका छ्न ।

प्याब्सन बाराका अनुसार अधिकांस निजी बिधालय पाठयपुस्तक परिवर्तन गरेका छैन । केही निजी बिधालयहरुले पाठय पुस्तक परिवर्तन गरिएकोछ । तर नरसरी र उकेजी र कक्षा एकको पाठय पुस्तक हरेक बर्ष हामी परिवर्तन गर्ने गरेको प्याब्सन बाराका अध्यक्ष प्रभु कुशवाहाले बताउनु हुन्छ।उनका अनुसार नरसरी देखि कक्षा ४ र कक्षा६ र ७ सम्म हरेक बर्ष समाजिक शिक्षा बिषयका परिवर्तन गरेको जनकारी गरेको कुशवाहाले बताएका छन ।

सम्बन्धि निकायकाको चरम लापरवाहीले पब्लिकेशनले निजी बिधालयलाई आर्थिक प्रलोभनमा पारी देश भरका निजी बिधालयमा पाठयपुस्तक परिवर्तन गराउदै आएका छन।सम्बन्धि निकायले समयमा चासो नदिएमा अभिभावक पार्का पर्दै जान्छ । कमिशनको चल खेल माथी अभिभावकले आवाज उठाउनु जरुरी रहेकोछ ।