असार -३- बिगत १० बर्षदेखी जीर्ण अवस्थामा रहेका कलैयाको घन्टाघर नयाँ जनप्रतिनिधि निर्वाचित भएसंगै घन्टाघरको मर्मत सभार ,"रङ्गरुप र घडी फेरीन थालेका छ्न ।

बाराको कलैया उपमहानगरपालिका वडा .१ स्थिर कलैया भरत चौकी नजिक रहेका कलैयाको घन्टा घर करिब १० बर्ष देखि जीर्ण अवस्थामा रहेको थियो ।घन्टाघर पेन्ट पोचाराको अभावमा कुरुप बनेका थिए घन्टा घरको कम्पाउन्ड भत्किएको ,घन्टाघरको देवाल ठाउँ ठाउँमा चर्कीएको र घन्टाघरमा घडी समेत नरहेको अवस्था थियो ।कलैया उपमहानगरपालिकाको बिगत जनप्रतिनिधिले घन्टाघरको लागि बजेट छुट्याउनको लागि त छुट्याउनु भयो तर आफ्नो कार्यकालमा घन्टाघरको मर्मत सभार सुन्दर रुपले सजाउन सकेन्न तर कलैया उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर नयाँ जनप्रतिनिधिको नैत्रुत्वमा कलैया उपमहानगरपालिका संचलनमा आएपछि कलैया घन्टाघरको पेन्टपोचारा र घन्टाघरमा नयाँ घडी लगाउनको काम तिब्र गतिमा बढन थालेको सिकेन्द्र पौसवानले बताउछ्न ।उनका अनुसार घन्टाघरमा पेन्टपोचार मर्मत सम्भार भएपछि सर्बसधारणलाई समय हेर्न समय सहज हुनु साथै सर्बसधारणले समयको महत्त्व दिन्छ्न ।र घन्टाघरको महत्त्व बढनुको साथै कलैयाको सुन्दरता बढ्ने पैसवानले बताउछ्न ।

कलैया उपमहानगरपालिकामा नव निर्वाचित नगरप्रमुख बिनोद साहको पहिलो प्राथमिकता कलैयामा रहेका १० बर्ष देखि लवारीस अवस्थामा परेका घन्टाघरको मर्मत सभार गर्ने र घन्टाघरमा नयाँ घडी लगाउने निर्माण ब्यवासायीक संघका जिल्ला सचीव धिरेन्द्र जयसवालले बताएका छ्न ।उनले भने नव निर्वाचित नगरप्रमुख बिनोद साहले घन्टाघरको काम चाडै सकाउनु पर्ने ढाडो निर्देश दिएका छ्न ।कलैयाको घन्टाघर मर्मत सभारका लागि कलैया उपमहानगरपालिका १८ लाख ९९ हजार कर बाहेकमा ठिक्का पट्टा आफुले गरेको जयसवालले बताएका छ्न ।उनका अनुसार जीर्ण अवस्थामा रहेका कलैयाको घन्टाघरको काम १० दिन भित्रमा पेन्टपोचार र लाइटको काम सम्पन्न गर्ने र घन्टाघरमा घडी ढेर महिना भित्रमा लगाएर घन्टाघरको सम्पूर्ण काम सम्पन्न गर्ने जयसवालले प्रतिबद्धता जनाएका छ्न।बाइट .२-धिरेन्द्र जयसवाल

त्यस्तै कलैया घन्टाघर देखि उतर संस्कार एफ एम सम्म र सितलपुर देखि कलैया घन्टाघर सम्म सडक तीन बर्ष देखी जीर्ण अवस्थामा छन ।सडकको पेटीमा रहेका स्थानीय र ठिकेदारको चरम लापरवाहीले यूक्त सडक कालोपत्र बन्न सकेका छैन ।सडकको पेटीमा बसेका स्थानीयले समयमा घरटहरा नहटाएकोले र ठिकेदारले घरटहरा हटाउन चासो नदिएका कारणले यूक्त सडक कालोपत्र बन्न सकेका छैन ।सडकखाल्टो खाल्टीका कारणले स्थानीयलाई आउन जान सास्ती खेप्नु परेको थियो ।बर्षा समयमा कलैया घन्टाघरको अगाडि हिलोमह हुने गर्थे ।कति स्थानीयको सवारी साधन खाल्टो खुल्टीमा अड्किने गर्ने गर्थ्यो ।तर अहिले आएर कलैया उपमहानगरपालिकाले यूक्त सडक खण्डको खाल्टो खुल्टी भरेर सडकमा बेलाबेलामा पानी हाल्न लागेपछि सर्बसधारणलाई राहत भएको स्थानीय नेता अध्यान्न्द पान्डेले बताएका छ्न ।

त्यस्तै कलैया घन्टाघर लगाएत कलैया क्षेत्रमा रहेका नाला जाम भएर रोकिएको पानीलाई निकास गर्न नालामा भरिएका फोहर मैला निकालेर नालाको किनारमा मेस्तरहरुले राखिएपछि नालाको फोहर मैला गन्ध दिने गुणासो बढेपछि कलैयाउपमहानगरपालिकाको ध्यान पुगेको वडा नं १ का वडा सदस्य शशि दास बताएका छन ।नालाबाट निकालेका फोहर मैला नालाको किनारामा राखिएको कादो सुखिएपछि उठाएर लैजाने सदस्य दास बताएका छन ।

कलैया उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर कार्यालयमा पदभार गरेको १ महिना पनि भएको छैन ।अहिले कलैया उपमहानगरपालिका कार्यालयको अवस्था बुझिरहेको नगरप्रमुख बिनोद साहले बताउनु भएकाछन ।अवस्था बुझेपछि कलैया उपमहानगरपालिकामा नमुनाको रुपमा बिकास गर्ने बताएका छन ।