बारा - जेष्ठ - ३१ - कलैया उपमहानगरपालिकामा स्थानीय तथा शहरी बिकास केन्द्र संस्थाले सडक नाटक गरेर स्थानीय जनतामा सरसफाइ र स्वास्थ सम्बन्धि जनचेतना जगाएका छन ।
कलैया उपमहानगरपालिकाको सहयोगमा स्थानीय तथा शहरी बिकास केन्द्र संस्थाले कलैया उपमहानगरपालिका को वडा नं २२ ,र वडा नं २४ मा सरसफाई र स्वास्थ सम्बन्धित सडक नाटक गरेर वडाहरुमा सरसफाइ र स्वास्थ्य सम्बन्धित जनचेतना जगाएका हुन । यी दुबै वडामा गरिब , दलित ,अशिक्षित र पिछडिएको बर्गका अधिकांस जनताहरुको बसोबास रहेका छन ।स्थानीय सरकारले शौचालय बनाउनको लागि रिङ्ग शौचालय सिट लगाएत बितरण गरेपनि शौचालय बनाउनुको सट्टा रिङ्गमा गाई भैंसी रङ्गा र बङ्गुर खुवाने गरेका छन ।दिशा पेशाब गर्नको लागि घरको वरिपरि ,खेतबारी ,नदी नाला ,पोखरीमा समते दिशा पेशाब गर्न जानेभएका हुनाले कति स्थानीयलाई फोहर मैला र दुर्गन्धका कारण विभिन्न रोगबाट ग्रसित रहेका वडा नं २२ का वडाअध्यक्ष शिवचन्द्र कामीले बताएका छन ।
त्यस्तै बालबालिकाले घरको वरिपरि दिशा पेसा गरेर साबुन पानीले हाथ मुख नधोएर सिधै खाना खाने चल्न रहेका छन ।त्यस्तै मुसहर बस्तीका बालबालिकाले दिशा गर्दै खाना खाने देखन पाइन्छ ।यस्तो महिलाहरुले खेतबारीबाट आएर सरसफाइ नगरी घरको खाना पकाउन थालछिन ।यही फोहर मैलाको कारणले वडा नं २२ र २४ दलित समुदायका स्थानीयका बालबालिकाले झाडापखाला र हैजा र ज्वरोबाट ग्रसित रहेका छ्न ।वडाका जनताहरुलाई एक ठाउँमा भेला गरेर स्थानीय तथा शहरी बिकास केन्द्रले सरसफाइ र स्वास्थ सम्बन्धि नाटक गरेर जनचेतना जगाएका वडा नं २४ का वडा अध्यक्ष हिरालाला चौधरीले बताएका हुन ।
स्थानीय तथा शहरी बिकास केन्द्रले सरसफाइ र स्वास्थ सम्बन्धि सडक नाटक प्रदर्शन पश्चात् स्थानीय जनतासंग प्रक्रिया लिदा सरसफाइ सम्बन्धि पहिला जनकारी न भएको र अहिले आएर धेरै कुरा सिकेको पुनम रामले बताउछिन।शौचालयको लागि ल्याइएका रिङ्गलाई सरसफाइ गरि शौचालय बनाएर पुरै परिवार शौचालयमा दिशा पेशाब गर्ने स्थानीय महिला तेतरी माझिले प्रतिबद्धता गरेकीछिन ।उनका अनुसार अन्य संघसंस्थाबाट गरेका सडक नाट्क कार्यक्रममा आफुले केही बुझन सकेका थिएन ।तर स्थानीय तथा शहरी बिकास केन्द्र संस्थाले गरेका सडक प्रदर्शनबाट धेरै कुरा बुझेर बताएकीछिन ।
कार्यक्रम कलैया उपमहानगरपालिकाका प्रतिनिधि तपसी चौरसीया ,वडा सदस्य ,वडाका क्रमचारी , समाजसेबी विभिन्न राजनीति दलका प्रतिनिधिहरु ,पत्रकार ,र सर्बसधारण र स्थानीय जनताले उपस्थिति रहेका थिए।


0 Comments