बारा -जेष्ठ - ३० - श्रीकान्त कुमार गुप्ता - बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले आफुलाई जनताले दोस्रो पटक नगरप्रमुख  पदमा निर्वचित गरेको भन्दै जनतालाई सहज रुपमा सेवा दिन क्रमचारीलाई आदेश दिएका छन । 
महागढीमाई नगरपालिकाका जनता जलान्धरले बिकासका लागि आशा र बिश्वास गरेर दोस्रो पटक निर्वाचित गरेको बताएका हुन ।एगारै वटा वडाको वडा सचिव र स्वास्थ चैकीका इन्चार्जलाई आफ्नो कार्यकक्षमा बोलाएर सहज रुपमा सेवाग्राहीलाई सेवा दिन निर्देशन दिएका छ्न ।सेवाग्राहीलाई कुनै किसिमको बहानामा दु: ख दिने र सेवाग्राहीसंग दस्तुर भन्दा बढी पैसा तसिल्ने क्रमचारी माथी मुद्दा हालेर नोकरी खाइदिने कार्यकक्षमा क्रमचारीलाई बताएका हुन ।कार्यालयको समयलाई मध्य नजर राखेर कार्यालयमा सेवाग्राहीसंग मित्रताका साथ मधुरो स्वरबाट बोलेर सेवाग्राहीलाई सेवा दिन नगरप्रमुखले आग्रह  गरेका छन ।
त्यस्तै श्री गढीमाई महेन्द्र प्रा.बि बिधालयमा शिक्षा क्षेत्रमा सुधारका लागि महागढीमाई नगरपालिकाकाका सम्पूर्ण बिधालयका प्रधानाध्यापक र शिक्षकलाई बोलाएर शिक्षालाई कसरी सुधार गर्ने बारे अन्तरक्रिया गरेकाछन ।बिधालयको कक्षा कोठा , शौचालय ,र फिल्डलाई सधै सफा राख्ने यादवले अनुरोध गरे । शिक्षालाई प्रभावकारी बनाउन जेजती सहयोग चाहिन्छ ।आफुले नगरपालिकाबाट सहयोग दिलाउन नगरप्रमुख यादवले प्रतिबद्धता गरेका हुन ।उनले भने महागढीमाई नगरपालिकाका बिद्यार्थीले अंग्रेजी मेडियमा पढन कलैया, बिरगंज हेटौंडा निजगढ, पढन गइरहेका छन ।यस नगरपालिका अन्तरगत रहेका सबै बिधालयमा अग्रेजी मेडियमा पठन पाठन गर्न जरुरी रहेको छ। कार्यपालिका बैठकबाट पास गरेर महागढीमाई नगरपालिका अन्तरगत रहेका बिधालयमा अंग्रेजी मेडियम लागू  गर्ने । प्रधानाध्यापक र शिक्षकलाई बताएका हुन । 

महागढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद शेरेमुस्तुफाको अनुसार नगरपालिकाका कार्यरत  कुनै क्रमचारीले यदी कुनै बहाना बाजि गरेर पैसा खाना खोजी रहेकोछ ।भने  मसंग गुनासो गर्नु त्यस्तो क्रमचारीलाई ठिक पार्ने बताएका हुन ।सेवाग्राहीको सेवा गर्नु हाम्रो धर्म हो इमन्दारी पूर्बक सेवाग्राहीको काम गर्न सबै क्रमचारीलाई मुस्तुफाले आग्रह गर्नु भएका छ्न ।