बारा - बैशाख - २१ - महागढीमाई नगरपालिकामा नेकपा माओवादीको प्रत्याक्षी उमेदवार सचिन कुशवाहाले वडा नं .१ मा घरदैलो कार्यक्रम सम्पन्न गरेकोछ।
श्री गढीमाई बिकास तथा संचालन समिति र तिनै तह सरकारको चरम लापरवाहीले बिश्व प्रसिद्ध गढीमाई मंन्दिरमा दर्शनार्थी र पर्यटनको आगमनमा वृद्धि हुन सकेको छैन ।मंन्दिर आसेपास पसलहरुको ब्यवस्थापन हुन नसकेको कुशवाहाले बताउदै घर दैलो कार्यक्रम गरेका छन ।उनले भने गढीमाई मंन्दिरमा दर्शन गर्न आउने पर्यटन र दर्शनार्थीहरु बाटोघाटोको अभावमा सास्ती खेपिरहेका छन ।पसाह खोला देखि मंन्दिर सम्मको कालोपत्र सडक जिर्ण भएपनि तीन तहको सरकार ध्यान दिएका छैन ।महागढीमाई नगरपालिका बिकासको लागी नेकपा माओवादी एक मात्र पार्टी रहेका कुशवाहाले बताएका छन ।


घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य शिवचन्द्र कुश्वाहा वडा एकको वडा अध्यक्षको उमेदवार जाकिर हुसेन, हकिमुदिन मिया,अछेलाल महतो,जयप्रकास कुश्वाहा स्थानीय कार्यकर्ता संगितका साथ उपस्थिति रहेको थियो।