बारा -बैशाख - २० - महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसले वडा नं ७ मा आज घर दैलो कार्यक्रम गरेका छन ।निर्वाचन कार्यालयले चुनावमा प्रचार प्रसार घरदैलो कार्यक्रम गर्न समय दिएपछि नेपाली कांग्रेसले समयलाई सतुप्योग गरेर आज वडा नं ७ मा घर दैलो कार्यक्रम गरेकाछ्न ।
नेपाली कांग्रेस मेयर पदका प्रत्यक्ष उमेदवार उपेन्द्र प्रसाद यादवले नेपाली कांगेसका नेता र कार्यकार्ता सहित घर दैलो कार्यक्रम गरेका छन । झण्डा र चुनाव चिन्ह स्कार्पियो ,जिप,भेन ,टेक्सी,कार साइकल, मोटरसाइकल लगाएत अन्य सवारी साधनमा झन्डा बाधेर चुनावी गीत घन्काउँदै गाउँ टोलमा भोट मागेका छ्न ।नगरपालिकामा वडाको उमेदवारहरुसंग समूह बनाएर स्थानीयको घर घरमा पुगेर स्त्थानीयसंग,नमस्कार ,प्रणाम र हाथ मिलाउदै स्थानीयसंग सभ्य तरिकारीले भोट माग्दै गरेका छन ।
यादवले मतदाताको माझमा पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोमा बिहान , दिउँसो बेलुका सम्म घरदैलो गरेकाछन ।स्थानीयको घरमा पुगेर पार्टीको घोषणा पत्र र चुनाबी एजेन्डा स्थानीयलाई बताउदै उमेदवारसंग भोट माग्दै हिडेका थिए ।सडक स्तरोन्नति गर्ने, खानेपानीको सुविधा विस्तार गर्ने, शिक्षा र स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउने, विकास योजनालाई पारदर्शी तथा जनसहभागिता मुलक बनाउने यूवाहरुलाई रोजगारी दिलाउने जनतासंग प्रतिबद्धता गर्दै घर दैलो कार्यक्रम गरेका छ्न ।
अन्य पार्टीले आवश्वासन बाँड्ने र पदमा पुगेपछि प्रतिवद्धता विर्सने समस्या रहेको नागरिकले गुनासो गरेका छन् । स्थानीय आवश्यकता र समस्या पहिचान गरेर त्यसलाई आफ्नो क्षमता र अधिकार अनुसार सम्बोधन गर्नपर्ने स्थानीयहरु यादवलाई सलाह दिएका छन । जनतासंग चुनावको बेला गरेको प्रतिबद्धता नेताले गरेपछि त्यही असल नेता हुने स्थानीयले बताएका छन ।
महागढीमाई नगरपालिका वडा नं ७ मा घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमितीका सचिव भैयाराम यादव , जिल्ला सदस्य दिपप्रकाश गुप्ता , उपमेयर पदका उमेदवार तारा देबी कानु , वडा अध्यक्ष रामजन्म यादव , वडा सदस्य , नेपाली कांग्रेसका लोकप्रिय, कार्यकर्ता , स्थानीय ,लगाएतको साथमा घर दैलो कार्यक्रम गरेका छ्न ।


0 Comments