बारा - जेष्ठ - १४ - बाराको महागढिमाई नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले एक समारोहका बिच सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन । महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले नव निर्वाचित उपप्रमुख तारा देबि कानु सहित समस्त वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ खुवाएका हुन ।
सो अवसरमा निर्वाचित ११ वडाका अध्यक्षहरु क्रमशः मनोज कुमार गुप्ता,बिश्वनाथ प्रसाद कुसश्वाह,उपेन्द्र प्रसाद जयसवाल,मनोज कुमार जयसवाल,गजेन्द्र प्रसाद जयसवाल ,गेनालाल यादव,सिवेन्द्र प्रताप सिंह,ओहाब अन्सारी,दिलिप शुक्ला,चन्दन साह र अरबिन्द बन्ठा लगाएत सम्पुर्ण वडाका सदस्यहरुको एक साथ नगरप्रमुख यादवले सपथ गराएका छन ।नगरप्रमुख उपेन्द्र यादवले सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पन्चायत कालको जनप्रतिनिधिले गरिब बिपन्नका जनता माथी राणाशाही गर्ने गर्थे गरिब बिपन्न र तल्लो जातका जनतालाई नोकर जस्तो ब्यवाहार गर्दा त्यसको विरुद्धमा अवाज उठाएमा कुट पिट गर्ने गर्थो । आफुले जनप्रतिनिधि बनेपछि गरिब बिपन्नको अवाजलाई बुलन्दी गर्ने र समाजमा बोलने समेत हक अधिकारी दिलाएको हो । त्यस्तै नगरपालिकमा रहेका अधुरो बिकासलाई निरन्तरता दिने र दलित, बिपन्न र बेरोजगार यूवाको लागि आफुले नगरपालिकाबाट हरेक बर्ष २ करोड देखि ४ करोड सम्म बजेट छुट्याउने र बिपन्न परिवारलाई रोजगारी दिने नगरप्रमुख यादवले कार्यक्रममा बताएका छ्न ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस पार्टीका मधेस प्रदेशका उप सभापति चन्द्रशेखर प्रसाद यादवले केन्द्र र प्रदेशमा नेपाली कांग्रेसको सरकार भएको हुनाले महागढीमाई नगरपालिका अन्तरगत रहेका शिक्षा क्षेत्र र खेलकुद क्षेत्रमा बिकासको लागी मधेस प्रदेश सरकारबाट १ करोड रुपैया भन्दा बढीको बजेट दिलाउने र नगरपालिकाबाट बजेट अपुग भएमा केन्द्र र प्रदेश सरकारबाट बजेट ल्याउनेबाट पछि नहटने उप सभापति यादवले बताएका छ्न ।
कार्यक्रममा नेपाली काङ्ग्रेस बाराका सचिव भैयाराम यादव, जनता समाजबादी पार्टीका रामबाबु यादव र नेकपा एमालेका मोतिलाल कुश्वाहा विभिन्न राजनीति दलका पार्टी प्रतिनिधिहरुले शुभकामना दिएका थिए । नागरिक समाजका अगुवा,सन्चारकर्मी सहित हजारौ नगरबासिको उपस्थिति रहेको थियो महागढिमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत महमद सेरे मुस्तुफाले कार्यक्रममा स्वागत गरेको थियो भने कार्यक्रमको सन्चालन शिक्षा शाखाको प्रमुख रामबिश्वास चौरसियाले गरेका थिए ।



0 Comments