बारा -जेष्ठ ९- महगढीमाई नगरपालिकामा दोस्रो पटक निर्वाचित मेयर उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन ।बारा जिल्ला अदालतमा सफथ सपत ग्रहण पछि एक घर एक रोजगारी दिने निर्णय गरे भने मध्य वर्गका अपाँगहरुसंग पहिलो कार्ड छ । त्यसलाई मासिक रु ३ सयको महिना दिने निर्णय गरिएको मेयर यादवले घोषना गरेका छन ।

सफतग्रहण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे जनतालाई शिरमा राखी सबैको अपनत्व हुने किसिमले काम गर्ने प्रतिवद्धता मेयर यादवले गरे । म नेपाली काँग्रेसको मात्र मेयर नभई महागढीमाई नगरपालिकाका सबै दल, जनताको मेयर भएको बताउदै बिकासको काममा हातोमालो गर्न सबैलाई अपिल समेत गरेका थिए ।स्थानिय तहमा पार्टी सिस्टम गलत हुदै गएको बताउदै मेयर यादवले स्वतन्त्र उमेदवारबाट चुनाव गराउनुपर्ने धारणा व्यक्त गरे । देशको मुटु मानिने काठमाडौ, जनकपुर धनगढी, धरान जस्तो ठाँउमा स्वतन्त्र उम्म्ेदवारले चुनाव जित्नुले पनि दलिय व्यवस्था फेल हुन थालेको उनँको भनाई रहेको थियो । मेयर यादवलाई कार्यालयमा कर्मचारीहरुले भब्य स्वागत समेत गरेका थिए ।