बारा- चैत २१ - नेपाल सरकारको गृहमन्त्री बालकृष्ण खाडले मधेसी जनता नेपालको सच्चा राष्ट्रवादी रहेको बताएका छन् । बाराको सिम्रौनगढमा सोमबार कांग्रेसका स्वर्गीय नेता भागवत प्रसाद यादवको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाडले नेपालको सीमाको रक्षा गर्ने मधेसी जनता देशको सच्चा राष्ट्रवादी भएको बताएका हुन।गृह मन्त्री खांडले भने सुरक्षाकर्मीलाई प्रयाप्त स्रोत साधन दिन सकिएको छैन। सीमा क्षेत्रमा प्रयाप्त सुरक्षा पोष्ट पनि राख्न सकिएको छैन । यस्तो अवस्थामा मधेसी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरेर रक्षा गरिरहेका छन ।गृहमन्त्रीले मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै नागरिकताको समस्या छिटटै सामधान हुने बताए ।उनले भने नेपालमा जन्मिएका , यहि जन्मिएर हुर्किएकालाई नागरिकताबाट बञ्‍चित गरिनु हुन्न उनीहरुलाई नेपाली नागरिकता दिनुपर्छ ।कानुनको अभावका कारण नागरिकता वितरणमा केहि समस्या रहेको र त्यो समस्या अब छिट्टै सामधान हुने उनले बताए
प्रजातान्त्रिक योद्धा भागवत यादवले गरेको प्रजातान्त्रिक लोकतान्त्रिक समाज स्थापना गर्नको लागि अहम दिन रात मेहतन गरेको फल बाराको दक्षिण भेगमा नेपाली कांग्रेसको गढ बनेकोछ । उन कै कारण आज पनि बारामा नेपाली कांग्रेसको किल्ला मजबुत रहेकोछ ।यस क्षेत्रमा हरेक निर्वाचनमा नेपाली कांग्रेस बिजयको सुनिस्चित रहेको खानेपानी मन्त्री उमाकान्त चौधरीले कार्यक्रममा बताएकाछ्न ।
त्यस्तै बारामा तीन वटा मुल नाका रहेपनि एउटा पनि ठुलो भन्सार छैन । भन्सार नहुदा यहाँका ठुला साना ब्यपारीलाई भारतबाट समान खरिद गर्दा भन्सार गराउनको लागि बिरगंज र अन्य जिल्लामा जानुपर्छ ।भन्सारको अभावमा बाराका ब्यपारीलाई सास्ती खेप्नु परेकोछ। र सरकारको बर्षमा अर्बो रुपैया गुमिरहेको नगरप्रमुख बिजय शंकर यादवले बताएका छ्न ।त्यस्तै उनले भने बाराको मुल नाकाबाट सवारी साधन नचल्दा सर्बसधारण नेपाली जनतालाई भारतको विभिन्न ठाउँमा आउन जान सास्ती खेपिरहेकाछन । नेपालमा जन्मेका हुर्केका कति मधेस जनताले नागरिकताबाट बन्चित रहेकाछ्न त्यो समस्या समाधान गर्न गृहमन्त्रीलाई आग्रह नगरप्रमुख बिजय शंकर यादवले गृहमन्त्रीलाई आग्रह गर्नु भएकोछ ।नगरप्रमुख बिजय शंकर यादवले


नेपाली कांग्रेस क्षेत्री नं १ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको पार्टी बृहत् पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी त्याग गरि हजारौ कार्यकताले पार्टी प्रबेश गरेका छ्न नयाँ कार्यकता फुलमाला र टिका गृह मन्त्रीले पार्टी प्रबेश गराएका छ्न ।