सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो । विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।


सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो ।