बारा - नेपाली कांग्रेस प्रदेशको २ सभापतिमा कृष्ण यादव विजयी भएका छन । उनले देउवा पक्षका उम्मेदवार हुन यादवले ९९६ मत ल्याएर विजयी भएका हुन । उनको प्रतिपक्षी सभापतिका उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरेर पराजित भएको छ ।


सभापति पदका लागि भएको मतदानमा २८ मत बदर भएको छ । रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन ।उनी प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री समेत हुन् । महाधिवेशनपछि सभापति देउवाविरुद्ध निधि र कोइरालाले गठबन्धन बनाएका थिए ।नेपाली कांग्रेसको १४औं महाअधिबेशन सम्पन्न भएपछि कांग्रेस भित्री बिबाद नै रहेको थिए।

प्रदेश २ को अधिवेशन भने विवादका कारण रोकिएको थियो । जसअन्तर्गत बिहीबार मात्रै मतदान सम्पन्न भएको हो । यसअघि प्रदेश अधिवेशनमा विवाद चर्किँदा सहभागीहरूबीच कुटपिट समेत भएको थियो ।