बारा -१८ मंसिर -श्रीकान्त गुप्ता - नेपाली कांग्रेसको १४ महाअधिबेशन अन्तरगत बारा जिल्लाको क्षेत्रीय अधिबेशन शान्ति पूर्बक सम्पन्न भएकोछ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तरगत चार वटा निर्वाचन क्षेत्र रहेको बारामा अधिबेशन सम्पन्न भएकोछ ।
सर्बजनिक मत परिणाम अनुसार क्षेत्र नं १ मा क्षेत्रीय सभापतिमा सिमरौनगढ नगरपालिकाको नगरप्रमुख बिजय शंकर यादवले १०४ मत बढी ल्याएर राम प्रसाद चौधरीलाई पराजित गरेको छ।क्षेत्र नं १ मा कुल मत ६४२ खसेको थियो ।जस मध्य ३५८ नगरप्रमुख यादवलाई प्राप्त भएको थियो भने २५४ मत राम प्रसाद चौधरीले प्राप्त गरेको थियो ।
त्यस्तै क्षेत्र नं २ मा क्षेत्रीय सभापतिमा रामप्रबेश यादवले ६३ मत बढी प्राप्त गरि महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवलाई पराजित गरेका छ्न ।
त्यस्तै क्षेत्रीय नं ३ को क्षेत्रीय अधिबेशनमा क्षेत्रीय सभापतिमा प्रभात कुमार चौरसिया निर्वाचित भएका छ्न क्षेत्र नं ३ मा खसेको ५५८ मध्य सभापति निर्वाचित चौरसियाले ३०२ मत ल्याएर बिजय भएका छ्न ।भने उनको प्रतिपक्षी २९१ मत ल्याएर प्राजित भएका छ्न ।
त्यसरी निर्वाचन क्षेत्र नं ४ मा सुनिल गुप्ताले निर्वाचित भएका छ्न । गुप्ताले ६७ मत बढी ल्याएत लालबाबु यादव लाई पराजित गरेका छ्न क्षेत्र नं ४ मा ५०३ मत खसेको थियो । गुप्ताले २८३ मत प्राप्त गरेको थियो प्रतिपक्षी सिंहले २१९ मत प्राप्त गरेको थियो ।
नेपाली कांग्रेसको क्षेत्रीय समितिको लागि शुक्रबार मतदान भएको थियो ।

0 Comments