बारा - १३ - मंसिर बारागढी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता घर घरमा वितरण गर्न शुरु गरेकोछ ।
अतिअशक्त ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता,र अस्वास्थ्य शरीर भएका नागरिकलाई समाजिक सुरक्षा भात बैंकमा गएर झिक्न समस्य भएपछि बारागढी गाउँपालिकाले कर्मचारीको सहयोगमा घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।त्यस्तै गाउँपालिकामा रहेका एकल महिलालाई खेतीपातीको समय भएकोले बैंकमा समयमा पुग्न नसक्दा पनि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरी सहित क्रमचारीको टोलिले घर घरमा गएर भाता बितरण गरेको गाउँपालिकाको प्रशासकीय अधिकृत अमोद चौधरीले बताउनु भएको छ ।


0 Comments