बारा -१० मंसिर - श्रीकान्त गुप्ता - बारा क्षेत्र नं २ मा नेपाली कांग्रेसको १४ महाअधिबेशनमा महागढीमाई नगरपालिकाको नगर अधिबेशनमा नगर सभापतिमा भुलेन्द्र प्रसाद यादवले निर्वाचित हुनुभएकोछ ।उनले आफ्नो प्रतिपक्षी भन्दा ४ मत बढी ल्याएर उनले बिजय भएको हुन । उनको प्रतिपक्षी रामनारायण प्रसाद यादवले कुल मत ८२ प्राप्त गरेकोछ । भने उनले ८६ मत प्राप्त गर्नु भएको हो । त्यस्तै उपसभापतिमा अर्जेन्द्र प्रसाद यादवले ६ मत र रामभजन प्रसाद यादवले १ मत बढी ल्याएर बिजय हासिल गर्नु भएकोछ ।भने उनको प्रतिपक्षी जितनरायण प्रसाद तेली ८१ मत र दुर्गा प्रसाद साह कानुले ८० मत प्राप्त गरि पराजित भएको हुन ।
त्यसरी सचिव पदमा हरिहर प्रसाद गुप्ताले ८८ मत र हजारी साह तेलीले ८४ मत प्राप्त गरेर बिजय गरेकोछ। उनको प्रतिपक्षी केदार प्रसाद यादवले ८३ मत र बिजय प्रसाद यादवले ८० मत प्राप्त गरेर पराजित भएकोछ । त्यस्तै ससचिवमा उमेश कुमार साहले ८३ मत र मुकेश कुमार साहले ८३ प्राप्त गरेकोछ । भने उनको प्रतिपक्षी भाग्यनरायन साह ८३ र जैसा खातुनले ८३ प्राप्त गर्नु भएको थियो ।ससचिव पदमा सबैको मत बराबर भएकोले गोलापर्थाबाट ससचिव पदमा मुकेश साह कानु र उमेश कुमार साहले बिजय भएका हुन ।
नगरको कुल मतदाता संख्या १७७ मध्ये १७२ मत खसेको थियो ।


0 Comments