बारा - २२ - कार्तिक - श्रीकान्त गुप्ता - तराई मधेश जिल्लामा हिन्दुहरुको महान चार्ड पर्ब छठ र दिपावली मनाउनको लागि पछिल्लो एक महिनादेखि सर्बसधारणहरुले घरको सरसफाइ गरी घुमधामको साथ दिपावली र गोबर्धन पूजा मनाएर छठ पूजाको लागी बर्तालुहरुले उल्लासका साथ तयारी गर्ने लागेकोछ ।
आफ्नो घरको वरिपरि सरसफाई ,घरमा रहेका सम्पूर्ण समान बस्तुहरुलाई पानीले सफा गर्नुको साथै घर आङ्गलाई गाइको गोबरबाट लिपपोत सकाएपछि बिहिबार दिपावली र शुक्रबार गोबर्धन पुजा धुमधामको साथ सप्पन्न गरेपछि शनिबारको दिन उदाउदो सुर्यलाई बर्तालुहरुले पुजापाठ सकाय पछि भोलि पन्चमीको दिन खर्ना र पर्सी पुष्ठीको दिन छठ पूजाको लागि आज देखि उल्लासका साथ बर्तालुहरुले छठ पूजाको लागी तयारीमा लागेको छ । कृषिले उत्पादन गरेको गहुँ र चावलको खिर रोटी खर्नाको दिन छठमाईको भोग लगाउनको लागी चावल र गहुँलाई घाममा सुखाउन र शुद्ध माटोको चुलहो स्थानीय छठ गीतको साथ बर्तालुले बनाएकोछ ।बर्तालुले भोखै रहेर चुलोह बनाउने चलन रहेको बर्तालु बताउछिन ।उनकी अनुसार चुलो बनाएर चावलको पिडो बाफबाट बनेको बग्या खाएर खान खाने चल्न रहेको छ। त्यस्तै आज चतुरदर्शीको दिन खार्नाको लागि नुहायर खाने दिन रहेको बर्तालुले बताउछिन ।
तराई मधेशका जिल्लामा यता छठ घाटको लागि सर्बसधारणले आ आफ्नो घाटलाई सफा गर्नमा लागेकोछ ।जलाशय भएको ठाउँ पोखरी, नदी , नाहर , लगाएत ठाउँमा रहेको फोहर मैलालाई समाजका सर्बसधारणले एक भएर सफा गरेकोछ । भने कुनै ठाउँमा सफा गर्न लागेकोछ ।सफा गरिएको ठाउँमा लाखौ रुपैया लगाएर पन्डाल निर्माण र लाखौ रुपैया खर्च गरेर पन्डाललाई सजावट गरिरहेछ । छठ घाटको पन्डालमा २ सय देखि एक हजार सम्म बर्तालुहरु बस्ने गर्छ।सोहि अनुसार जिल्लाको हरेक ठाउँमा पन्डाल बनाएकोछ । छठको घाटमा रात्रिको दिन विभिन्न संस्कृति मनरञ्जन नाचगान , कार्यक्रम हुन्छ ।सोही अनुसार पन्डाल बनाएकोछ ।
यता छठमा नयाँ लुगा कपडा लगाएर घाटमा जाने चल भएकोले बजारको कपडा दोकान लगाएत अन्य दोकानमा सर्बसधारणको खचाखच भिडभाड भएकोछ । त्यस्तै बर्तालुको मनोकामना पूरा भएपछि कोशीको लागी कुमहारहरुले बनाएको हाथी दियरी ,ढकना ,कलशा ,र उखको किन मेलमा पनि भिडी बढेको छ ।त्यस्तै बांसबाट बनेको टोकरी ,सुप , डगरा , भडाबर्तन , लगाएत समान किन मेलमा सर्बसधारणको भिड रहेकोछ ।
तराई मधेसको जिल्लाबाट अन्य जिल्लामा पनि छ्ठ पूजाको बिस्तार तिब्र गतिमा बढी रहेकोछ । बर्तालुहरुको आ आफ्नो मनोकामना पूरा भएपछि र परिवारको सुख शान्तिको लागि छठ पूजा गर्छ। छठ पुजा पुर्बकाल देखि मनाउदै आएकोछ ।


0 Comments