बारा - २० - असोज- महागढीमाई नगरपालिकाको सहयोगमा महागढीमाई फाउन्डेसन नेपाल र ल्यान्स कल्ब अफ महागढीमाईले लोक सेवा आयोग र शिक्षक सेवा आयोग तयारीका लागि कक्षा संचालन गरेकाछ्न ।
लोक सेवा आयोग र शिक्षक सेवा आयोगको कक्षा संचालन कार्यक्रमको उद्घाटन महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले उद्घाटन गरेका छन । यस नगरका बिद्यार्थीहरुले उच्च शिक्षा हासिल गरेर पैसाको अभावमा लोक सेवाको तयारी गर्न नसकेका बिद्यार्थीहरुको लागि लोक सेवा आयोगका लागि कक्षा संचालन गरिएको नगरप्रमुख यादवले बताएका छ्न ।लोक सेवा आयोग तयारीको लागि नगरका बिद्यार्थीहरुलाई बाध्य भएर बाहिर जानू परेको थियो जुन आज देखि अन्तय भएकोछ ।नगर भित्रीका अन्य ठाउँमा पनि लोक सेवा आयोग कक्षा तयारीको लागी कक्षा संचालन हुने नगरप्रमुख यादवले मन्चमा बताएका छन ।
लोक सेवा आयोग तयारीको लागि १६५ जना बिद्यार्थीले फर्म भरेका छ्न ।दुई महिना लोक सेवा आयोगको कक्षा तयारीमा ७१ जना छात्रा र ९४ जना छात्रले आयोगको लागि तयारी गरिने जयराम कुशवाहाले जनकारी गराएकोछ ।
उक्त कार्यक्रममा प्रदोश सिंह, जगदिश कुश्वाहा, महेन्द्रसाह,असर्फी साह, राजेन्द्र साह, अजय सिंह, बसुन्दरागैरे,नेजाबुलअन्सारी, मनोज चौरसिया, ओमनारायण चौरसिया,जयराम कुश्वाहा,सन्तोश कुश्वाहा,उपेन्द्र कुश्वाहा,सुनिल कुश्वाहा, राजेश्वर कुशवाहा बुद्धिजीवी शिक्षा प्रेमी ,अभिभावक ,नगरबासी सहितकाको उपस्तिथि रहेको थियो ।
महागढीमाई फाउन्डेसन र लयान्स कल्बका कार्यकारी पदाधिकारीको निर्णय निर्देशन अनुसार ज्ञानप्रकाश रौनियारले कार्यक्रम सन्चालन गरेको कार्यक्रममा स्वागत लायन्स क्लब महागढिमाईका अध्यक्ष ओमनारायण चौरसियाले गरेका थिए ।



0 Comments