बारा - संघीय सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव बुधबार गृह जिल्ला बारा आएका छन् । असोज २२ गते शुक्रबार भएको मन्त्री परिषद बिस्तारमा बारा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं जसपा नेपालका माहासचिव मा. रामसहाय प्रसाद यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका थिए ।
वन तथा वातावरण मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक उनी गृह जिल्ला बारा आएका हुन् । उहाँ मन्त्री पदमा न्यूक्ती पाएपछि गढीमाई मन्दिरमा पूजापाठ र कार्यकार्तासंग भेटघाट गर्न आउनु हो । आफ्नो क्षेत्रमा आफुले विभिन्न ठाउँमा बिकास गरेको बताउनु भयो । मन्त्री यादव बुधबार बिहान ११:३० बजे वीरगंजस्थित बहुवरी चौकमा पुगेपछि पर्सा र बाराका जसपाका नेता तथा कार्यकर्ताहरुले स्वागत तथा बधाई दिएकाे रामनरायण साहले बताउनु बताए ।
जसपा नेपालका प्रदेश प्रतिनिधि सभा सदस्य बच्चा यादव , प्रदेश प्रतिनिधि सभा सदस्य शरदा शंकर साह क्षेत्र न ३ का प्रदेश प्रतिनिधि सभा सदस्य पारस साह , सुजित पान्डे , पारस साह , अरुण साह रामनरायण साह , ध्रमबिर यादव , अरुण साह , जिल्ला विभिन्न कार्यकता ,प्रहरी लगाएत उपस्तिथि रहेको थियो ।


0 Comments