बारा - २६ -असोज - श्रीकान्त गुप्ता- महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादव द्वारा नव नियूक्ती खानेपानी मन्त्री उमाकान्त चौधरीलाई गढीमाई मन्दिरको प्राङ्गणमा भब्य स्वागत गरिएकोछ ।
नेपाली काङ्ग्रेसका केन्द्री सदस्य उमाकान्त चौधरीले नेपाल सरकारको खानेपानी मन्त्रीपदमा नव नियूक्ती भएपछि गढीमाई मन्दिरमा पुजा पाठ र दर्शन गर्न आउनु भएकोले उहाँलाई भब्य स्वागत गरेको हो । नगरप्रमुख यादवले मन्त्री चौधरीलाई फुलको माल लगाएर महागढीमाई नगरपालिकाको तर्फ र नगरबासीको तर्फबाट उहाँलाई बधाई र नेपालीहरुको महान चार्ड पर्व बडा दशौं दिपावलीको र छठ पर्बको शुभकामना ब्यक्त गरेकोछ । नगरप्रमुखले आफ्नो क्षेत्रमा आर्गेनीक शुद्ध खाने खानेपानीको अभावमा यहाँको जनता विभिन्न किसिमको सधारण रोगको सिकार हुन लागेको छ। शुद्ध खानेपानीको अभावमा भाडा गुडा पहिलो हुने , दांत पहिलो हुन समस्या देखा परेकोछ । त्यस्तै कुनै कुनै ठाउँमा झाडापखाला जस्ता समस्या देखिएकोछ ।यो समस्या यहाँको जनतालाई पैसाको अभावमा ४सय फिट भन्दा कम गहिराईको अशुद्ध खानेपानी खानाले जटिल समस्या देखिएकोछ ।जनतको समस्यालाई समयमा समाधान गर्न नगर प्रमुखले मन्त्रीलाई आग्रह गर्नु भएकोछ ।
२०७४ को चुनाव जितेपछि गढीमाई मन्दिरको प्राङ्गणमा दर्शन गर्न आएको र मन्त्री बनेपछि फेरि माताको दर्शन गर्न आएको मन्त्री चौधरीले बताउनु भयो ।जनताको समस्यालाई आफुले ध्यानमा राखेर र यो समस्या समयमा समधान गर्न मन्त्रीले आफ्नो प्रतिबद्धता गर्नु भयो ।यस क्षेत्र र सिमरौनगढको क्षेत्रलाई समेटेर खानेपानीको कुनै अभाव हुन नदिने मन्त्रीले गढीमाईको प्राङ्गणमा बताउनु भएकोछ ।
स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवल ,जिल्ला प्रहरी प्रमुख उपरीक्षक दिपेन्द्र शाही , क्षेत्र नं १ पूर्ब संसद रामअजोध्या यादव , निजगढ नगरपालिका नगरप्रमुख सुरेश खनाल , महागढीमाई नगरपालिका उपमेयर तार देबी कानु , राजेश रौनियार ,चन्देश्वर साह कानु , दिपप्रकाश गुप्ता , भैयाराम यादव , पार्टी कार्यकार्ता , सर्बसधारण र पत्रकार समेत उपस्तिथि रहेको थियो ।


0 Comments