बारा - ४ - कार्तिक - श्री पालपोषण बचत तथा ऋण सहकारी सहकारी संस्था लिमिटेडको नवौं बर्षिक सधारण सभा कार्यक्रम आज सम्पन्न भएकोछ । सधारण सभा कार्यक्रमको उद्घाटन प्रमुख अथिती महागढीमाई नगरपालिका का उपप्रमुख तारा देबी कानुले गरेकीथिन
गत आर्थिक बर्ष ०७६/०७७ को तुलनामा ०७७/०७८मा यस संस्थाले हासिल गरेको प्रगति बिबरण प्रस्तुत गर्नु साथै चालु आर्थिक बर्ष ०७८/०७९ को लक्ष्य पनि प्रस्तुत गरिएको थियो । आर्थिक बर्ष ०७७/०७८ मा बैक तथा नगद मौज्दात २ करोड १ लाख ३ हजार १ सय १८ रुपैया ५६ पैसा रहेकोछ ।भने चालु आ. ब को लागि औषमा प्रतेक दिन ६० लाख , नगद तथा बैैंक मौज्दातमा जम्मा गर्ने लक्ष्य रहेकोछ ।गत आ. ब शेयर पुजी ५ करोड २९ लाख ३२ हजार ४ सय , रहेको छ । भने चालु आ.ब.मा ६ करोड ५० लाख , शेयर पुंंजी पुर्याउने पालन पोषण तथा ऋण सहकारी संस्था लिमिटेडको लक्ष्य रहेको संस्थाका कोषाध्यक्ष सुरेन्द्र प्रसाद कुशवाहाले जनकारी दिए ।
बचत निक्षेप ५ करोड १७ लाख ४७ हजार ७ सय १८ , ६ पैसा रहेको छ । ०७८/०७९ मा ६ करोड ५० लाख , त्यस्तै जगेडा तथा अन्य कोषमा २ करोड ५४ लाख ५६ हजार २ सय २८ रुपैया ९७ पैसा राखेको छ ।भने चालु आर्थिक बर्षमा ३ करोड ४ लाख , राख्ने लक्ष्य रहेकोछ ।त्यस्तै संस्थाको ऋण लगानी ११ करोड ९२ लाख ४८ हजार ४८ रुपैया ,रहेको छ । चालू आर्थिक बर्षमा २५ करोड लगानी लगाउने लक्ष्य रहेको यस सहकारी संस्थाका कोषाध्यक्ष कुशवहाले बताए ।
यस संस्थाको कुल आम्दानी २ करोड ९५ लाख ९५ हजार १ सय ५३ रुपैया, ५६ पैसा, भएकोछ । भने ४ करोड ४० लाख ७८ हजार ९ सय ९७ रुपैया १५ पैसा चालु आ. ब.मा गर्ने सर्बसहमती भएकोछ ०७७/०७८ आर्थिक बर्षमा कुल खर्च ९२ लाख १० हजार ८ सय ९७ रुपैया ५४ पैसा भएकोछ ।चालु आ. ब. मा १ करोड २५ लाख , त्यस्तै कर अधिको कुल नाफा २ करोड ३८ लाख ४ हजार २ सय ५६ , रुपैया २ पैसा, चालु आ. ब. ३ करोड १५ लाख ७८ हजार ९ सय ४७ रुपैया ३६ पैसा , आयकर पछिको नाफा , १ करोड ९३ लाख ६५ हजार ४३ रुपैया ,२२ पैसा , चालू आ. ब मा ३ करोड लक्ष्य राखेकोछ । त्यसैगरी कुल सम्पत्ति दायित्व तर्फ गत आ. ब . मा १७ करोड १० लाख १९ हजार ४ सय ४२ रुपैया ५४ पैसा ,चालु आर्थिक बर्षमा ३ करोड रहने छ्न ।
शेयर अनुपातमा नाफा गत बर्ष ०७६ / ०७७ मा २७ दशमलव ७५ प्रतीशत ०७७/०७८ मा ३६ दशमलव ५८ प्रतिशत अर्थात ८ दशमलव ८३ प्रतिशत वृद्धि भएको छ। भने बैकले चालु आर्थिक बर्षमा ४६ दशमलव १५ प्रतिशत अर्थात ९ दशमलव ५७ प्रतिशतले वृद्धि गर्ने संस्थाले लक्ष्य लिएको कुश्वाहाले बताउनु भएकोछ ।
लगानीको अनुपातमा गत ०७६/०७७ मा ११ दशमलव २२ प्रतिशत ०७७/०७८ मा १६ दशमलव ३४ प्रतिशत गत बर्षको तुल्नामा ५ दशमलव १२ प्रतिशतले वृद्धि भएकोछ ।भने चाल आ. ब. १२ प्रतिशत नाफा देखाउने छ । त्यस्तै कुल खर्चको अनुपातमा नाफा ०७६/०७७ मा ९९ दशमलव ६० प्रतिशत र गत बर्षमा २ दुई सय १० दशमलव २५ प्रतिशत र चालू आ. ब. मा २४० प्रतिशत लक्ष्य रहेकोछ ।कुल आम्दानीको अनुपातमा ०७६/०७७ मा ४८ प्रतिशत , गत आ. ब ६२ र चालु आर्थिक बर्षमा ६८ दशमलव ५ प्रतिशत रहेकोछ ।यस बैकमा गएको आर्थिक बर्षमा १६ सय २२ जना सदस्य रहेको छ ।चालु आ. ब. मा अझ थप गरी ३ हजार सदस्य बनाउने लक्ष्य रहेको कुश्वाहाले जनकारी गराएकोछ ।
बरियारपुर बजारमा ब्यपार गर्दै आएका सम्पूर्ण ब्यपारी मध्ये ३३ जना ब्यपारीले २५ रुपैयाको दर ॐ शान्ति बचत समुहको निर्माण गरि संचालन गर्दा गर्दै केही बर्ष पछि १३ लाख भन्दा बढीको पूजी भएपछि डिभिजन सहकारी कार्यालय मकवानपुरबाट २०६९ फागुन ११ गते श्री पालपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेड नामबाट दर्ता भइ सोहि बर्षको फागुन २५ गते संस्थाको उद्घाटन भएको थियो । महागढीमाई नगरपालिका , सुवर्ण गाउँपालिका , देवताल गाउँपालिका करैयामाई गाउँ पालिका , बारागढी गाउँपालिका पचरौता नगरपालिका लगाएत यी पालिका केही वडाहरुमा ऋण प्रवाह तथा बचत गरि ब्यपारीहरुको स्थर उन्नति र प्रगति गरेको श्री पालपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सचिव मुक्ति प्रसाद साहले स्वागत मन्तब्य राख्नु भएको थियो ।उनले संस्थाको तर्फबाट हिन्दुहरुको महान चार्ड पर्व दिपावली र छठ शुभकामना दिदै मन्चबाट छुट्नु भयो ।
यस संस्थाबाट गाउँ गाउँका गरिब बिपन्नले ऋण लिएर ३ तीन सय भन्दा बढी नयाँ ब्यपार संचालन गरेकोछ। पैसाको अभावमा बन्द भएको ब्यपारलाई पु:न संचालनको लागि यस संस्थाले ऋण प्रहवाह गरेकोछ ।क्रोनाको समयमा २ सय २५ गरिब बिपन्न घर परिवारलाई राहत बितरण गरिएकोछ ।देशमा ब्यपार ब्यवसायलाई वृद्धि गरेर देश बिकासमा एउटा पिलरको रुपमा भुमिका निर्वाह गर्ने संस्थाको उदेश्य रहेको यस संस्थाका अध्यक्ष बृृजकिशोर साह लहेरा सधारण सभाको अध्यक्षता गर्दै बताउनु भएकोछ ।
कार्यक्रममा बिशिस्ट अथितीको रुपमा वडा नं १ का सुदामा साह ,वडा नं २ का बिरेन्द्र चौरसीया , यस संस्थाका उपाध्यक्ष अनुरुध यादव , जिल्ला बचत तथा ऋण सहकारी संघका बाराका जिल्ला अध्यक्ष सतेन्द्र प्रसाद ठाकुर , मुकेश गुप्ता , गगनदेव लहेरा ,भगवान लाल रौनियार , पुरण साह प्रदोस सिंह , राजकुमार , जयचन्द्र जैसवाल , उमेश , गुप्ता ,नन्दकिशोर कुशवाहा ,गौरिशंकर कुशवाहा , सर्बसधारण लगाएत उपस्तिथि रहेको थियो ।भने कार्यक्रमको संचालन रन्जित कुशवाहाले गरेको थियो ।




0 Comments