बारा - ९ - असोज बिश्रामपुर गाउँपालिकामा बडा दशौं , तिहार , र छठ पर्बको शुभकामना र प्रगती प्रतिबेद कार्यक्रम सम्पन्न भएकोछ । प्रगति प्रतिबेदन कार्यक्रमको उद्घाटन प्रमुख अथिती कलैया उपमहानगरपालिका नगरप्रमुख राजेश राय यादवले गर्नु भएकोछ ।कार्यक्रममा बिश्रामपुर गाउँपालिकाले शिक्षा स्वास्थ , सडक , लगाएतका क्षेत्रमा गाउँपालिकाले राम्रो बिकास गरेकोछ । जनताको सुख : दुखमा गाउँ पालिकाले साथ दिदै आएकोछ ।नगर प्रमुख यादवले बताउनु भएकोछ 

त्यस्तै बिश्रामपुर गाउँपालिका पाँचौ वडामा अन्य पालिका भन्दा राम्रो बिकास भएको बिश्रामपुर गाउँकार्यपालिका प्रमुख अध्यक्ष अमिरीलाल पालले बताउनुभएकोछ । गाउँपालिका भित्री स्थानीय सर्बसधारणले बर्ष देखि सडकको समस्या झेल्दै आएको थियो । जुन अहिले अन्त भएकोछ । वडा नं १ देखि वडा नं ५ सम्म सडक ढलान नाला निर्माण कल्भट , माटोपुरी ग्रेबल , गरि सडकलाई स्थर उन्नति गरिएकोछ ।खानेपानीको लागि प्रतेक घरमा चप्पा कल बितरण गरेसंगै घरघरमा गैस चुल्ला बितरण गरिएको अध्यक्ष पालले ।बताउनु भएकोछ । त्यसैगरि बिधालयमा कक्षा कोठा भवन र शौचालयको अभावमा पठन पाठन प्रभावित बन्दै आएको थियो नगरबासीले आफुलाई निर्वाचित गरेपछि गाउँपालिका भित्री रहेका सम्पुर्ण बिधालयको समस्या समधान गरेको अध्यक्षले मन्चमा जनकारी गराउनु भयो ।त्यसरी स्वास्थ क्षेत्रमा पनि राम्रो बिकास भएकोछ । वडा स्थरी स्वास्थ चौकीलाई ब्यवस्थित ब्यवस्थापन गरि गाउँबासीलाई सेवा दिदै आएकोछ। कृषि क्षेत्रमा पनि बिकास गरेको अध्यक्षपाले बताउनु भयो। अध्यक्ष पाल र प्रमुख अथिती राजेश राय यादवले आफ्नो हाथबाट जेष्ठनागरी र सर्बसधारणलाई गामछा टीका लगाएर समान गर्नुभएको थियो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्ण खटिवला , जिल्ला प्रहरी निरीक्षक दिपेन्द्र शाही , सम्पूर्ण वडा अध्यक्षले आफ्नो बिकास बारे मन्तब्य राख्नु भएको थियो ।निर्वाचित जनप्रतिनिधिले गरेको बिकास सुन्न सर्बसधारण र स्थानीय जनताहरु उपस्तिथि रहेको थियो कार्यक्रमको स्वागत प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी ,र संचालन अली अंसारीले गर्नु भएको थियो

0 Comments