बारा - १२ - भदौ कलैया उपमहानगरपालिकाको सभा हवलमा जिल्ला स्तरीय उधम बिकास सहज कर्ता भेला कार्यक्रम सम्पन्न भएकोछ ।कार्यक्रममा प्रमुख अथितीको रुपमा उपस्थिति हुन भएका नगरप्रमुख राजेश राय यादवले सो कार्यक्रमको उद्घाटन गर्नु भएकोछ । जिल्लामा बेरोजगारीको समस्या दिन प्रती दिन बढ्दै गएको नगरप्रमुख यादवले बताउदै यस उधम बिकास सहज कर्ता मार्फत यूवायूवतीहरुलाई विभिन्न किसिमको सीप मुलक तालिम संचालन गरी रोजगरी बनाउन उधम बिकास सहज कर्ताहरुलाई आग्रह गर्नु भयो।विभिन्न किसिमको सिपमुलक कार्यक्रम संचालको लागि कलैया उपमहानगरपालिकाले सधै सहयोग गर्ने कार्यक्रममा नगरप्रमुख यादव रायले बताउनु बताउनु भयो।
उधम बिकास सहज कर्ता भेला कार्यक्रममा नयाँ कार्य समितिको गठन गर्नुभएको थियो ।भेला कार्यक्रममा उपस्तिथि हुनु भएका सर्बसधारण उपनगरपालिकाको क्रमचारी पत्रकार , जनप्रतिनिधिको अगाडि अध्यक्ष पदमा दिपनरायण राय , उपाध्यक्षमा अस्मिता परियार , सचिव जितेन्द्र साह तेली , कोषाध्यक्षमा उसा बुढाथोकी , ससचिवमा आशिष चौधरी , सदस्यमा बिपासा कुमारी चौधरी ,र लाहसी चौधरीलाई सर्बसहमतिबाट चुनिएको थियो ।जनप्रतिनिधि , क्रचारीहरुले सबै पद अधिकारीहरुलाई पदभारको शुभकामना दिदै समाजको लागि काम गर्न आग्रह गर्नु भयो ।
सो कार्यक्रममा पहलाद बर्णवाल , तप्सी , अनिल मण्डल , समाज सेबी , लगाएत उपस्थित रहेको थियो ।



0 Comments