बारा - ६ - सावन बाराको करैयामाई गाउँपालिकाले वडा नं ३ मा नाला बिना सडक ढलान गरेकोले पानीको निकास नहुदा स्थानीयहरुलाई झन सास्ती भएकोछ ।

करैयामाई गाउँपालिका वडा न ३ बजनीमा विभिन्न ठाउँमा नाला बिना सडक ढलान गरिएकोले बर्षाको समयमा गाउँ घरको पानी निकास नहुदा स्थानीयहरुलाई झन समस्या भएको हो ।लगतार बर्षमा ढलान गरिएको पी सी सडक माथी पानी भएर स्थानीयको घर भित्री प्रबेश गर्दा स्थानीयलाई झन समस्या बढेको छ। वर्षा हुँदा सडकको पेटीमा सडक भन्दा तल भएको घरमा पानी प्रबेस गरेपछि घर भित्री रहेका विभिन्न समानहरु पानीले नस्ट गर्छ । घरवालाले रात भरी बसेर समय बिताउने गर्दा घर जहिले पनि भस्ने सधै डर त्रास रहने गर्छ ।बर्षाको पानी निकास गरिदा अर्को जमिनमा पानी जादा झग्डा हुने गर्ने स्थानीयले बताउछ ।

बजनीको कुनै कुनै टोलमा सडक र नाला निर्माण गरि पनि नाला फोहर मैला र माटोले भरिएकोछ ।जाम भएको नालामा जमेको पानीबाट गन्ध दिने गर्दा टोल दुर्घन्धित भएकोछ ।दुर्घन्धित पानीले विभिन्न रोगको प्रकोप बढने बुझेर स्थानीयहरुले पटक पटक गाउँपालिका र वडा अध्यक्षलाई नालालाई सरसफा गर्न आग्रह गरेपनि नालाको सरसफाई हुन सकेन ।त्यस्तै निर्माण गरिएको नालामा ठाँउ ठाउँमा ढकन नहुदा बालबालिका , बृद्धबृद्धा गाई भैंसी खस्ने र दुर्घटना हुने सम्भावना बढी रहेको हुनाले स्थानीयले त्रासित रहेकोछ ।

वडाको सबै टोलमा बिजुली बती भए पनि केही ठाउँमा बिधुतको अभावमा स्थानीयहरु अध्यारोमा बस्ने बाध्य भएका छन । बिधुत अभावमा स्थानीयहरुको विभिन्न काम काज प्रभाबित भएकोछ । बर्षामा टोलको स्थानीयहरुलाई घर बाहिर निस्किन सर्फ , गोजर जस्ता खतरानाक पिलुवाबाट टोक्ने रातीमा डर घरबाट निस्किन समस्या भएकोछ । स्थानीयले वडा अध्यक्षलाई पटक पटक आग्रह गरेपनि अध्यक्ष ले टेर मठेर गरिरहेको स्थानीयले बताउछ ।

करैयामाई गाउँपालिका वड ३ का वडा अध्यक्ष देबेन्द्र केशरीले नालामा ढकन लगाउने जिम्मा मिसत्रीलाई दिइसकेको बताउनु भएकोछ । यस पछि नाला सहित सडक ढलान गर्न बताउनु भयो ।संघिय सरकार र प्रदेश सरकारले पठाएको बजेट स्थानीय सरकारले प्रभावकारी बिकास गरेको छ ।कि छैन ।भने मुल्यक र निगरानी गर्न जरुरी छ ।