बारा - ५ सावन - बारागढी गाउँपालिका द्वारा ८५ बर्ष भन्दा माथीको ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएकोछ ।
बारागढी गाउँपालिकामा बारागढी गाउँकार्यापालिका अध्यक्ष देवदत बछार थारु ,उपाध्यक्ष लक्ष्मी देबी राय र प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरी द्वारा ८५ बर्ष भन्दा माथीका ज्येष्ठ नागरिकलाई दोसला र कमल ओढाएर सम्मान गरिएको हो । बारागढी गाउँपालिकामा रहेको गरिब बिपन्न दलित मुस्लिम ,आदिवासी जनजाती र विभिन्न बर्गका ज्येष्ठ नागरिकले बुझुरुक भएको हुनाले गाउँपालिकाको बिकासको काम सधै राम्रो राय सुझाव दिदै आएको हुनाले उहाँहरुलाई दोसल्ला र कमर उढाएर सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले बताउनु भएको छ। उहाँले उहाँहरुको स्वास्थको ख्याल गर्दै र कोरोनाबाट बच्नको शरीरीक इमयूनिटी पावर बढाउन होर्लिक्स समेत बितरण गरिएकोछ ।
सम्मान कार्यक्रममा गाउँपालिकाको सम्पूर्ण वडा अध्यक्ष क्रमचारी , प्रहरी लगाएत उपस्थिति रहेको थियो ।



0 Comments