बारा -९ असार -श्रीकान्त गुप्ता - महागढीमाई नगरपालिकाले पाँचौ नगर सभाबाट आ ब ०७८/०७९ मा रु ५६ करोड ७३ लाख ८ हजारको नीति तथा बजेट कार्यक्रममा सार्वजनिक गरेको छ ।
आ ब ०७८/०७९ को लागि नेपाल सरकार बाट बितिय समानिकरण अनुदान रु १५ करोड ९५ लाख , राजश्व भांडफाड रु ९ करोड ५४ लाख ४८ हजार , सशर्त अनुदान रु २३ करोड ८९ लाख , समपुरक अनुदान १ करोड ६६ लाख ४८ हजारको सिलिङ्ग नगर प्रमुख यादवले प्रस्तुत गर्नु भएको थियो । त्यसतै प्रदेश सरकार बाट समानिकरण अनुदान १ करोड १० लाख ८७ हजार , राजश्व भांडफाड रु ४५ लाख ७३ हजार बिशेश अनुदान ३० लाख र समपुरक अनुदान रु २० लाख गरि २ करोड ६ लाख ६० हजारको बजेट प्रस्तुत गरेको छ।

महागढीमाई नगरपालिकाको प्राङ्गणमा आयोजित पांचौ नगर सभालाई नेपाली कांग्रेसको केन्द्रिय सद्स्य राधेचन्द्र यादवले पानसमा दिपप्रजोलित गरि उदघाटन गर्नु भयो ।पांचौ नगर सभामा प्रमुख अतिथि समेत रहनु भएको यादवले नगरको बिकासमा नगरपालिकाले ल्याएको बजेट सराहनीय रहेको बताउनु भयो ।

महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले शिक्षा , स्वास्थ , कृषि , पर्यटन , लगाएत क्षेत्रमा बिकास गर्दै आएको दाबी गर्नु भएकोछ । र बिकासमा सधै निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएकोछ । त्यस्तै उपप्रमुख तारा देबी कानुले महिलाको बिकासमा लागि परेको बताउनु भएकोछ ।

त्यसतै महागढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय उमेशराज रिमालले नगरपालिकाको सम्पूर्ण क्रमचारी संग सधै सहकार्य गरेर काम गर्दै आएकोछु । उन भने क्रमचारीहरुबाट सेवाग्राहीको काम सधै छिटो छरीतो हुँदै आएकोछ । कुनै कामको लागि सेवाग्राहीलाई पीडा भोग्नु परेको छैन ।

पांचौ नगर सभामा राष्ट्रिय सभा सद्स्य रमेश यादव , नेपाली कांग्रेस बारा क्षेत्र२ को सभापति रामप्रवेश यादव , उप प्रमुख तारा देबि कानु , वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि सहभागिता रहेको थियो