प्रदेश-२- जेष्ठ २६ - प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय लिएका छन्। राउतले जसपा महन्थ ठाकुर समूहका मन्त्रीलाई बर्खास्त गरेपछि नेपाली कांग्रेस र माओवादीलाई सरकारमा तानेका हुन ।
स्रोतका अनुसार मुख्यमन्त्री राउतले माओवादी र कांग्रेसलाई सत्तामा ल्याउने भएपछि मन्त्रालय टुक्राएर ११ वटा बनाएका छन्। जसअनुसार प्रदेश २ मा जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहले ५ वटा मन्त्रालय राखेको छ। त्यस्तै मुख्यमन्त्री राउतले नेपाली कांग्रेसलाई तीनवटा र माओवादी केन्द्रलाई दुईवटा मन्त्रालय दिएका छन्। स्रोतका अनुसार राउतले भौतिक मन्त्रालयमा नेपाली कांग्रेसका प्रदेश संसदिय दलका नेता रामसरोज यादवलाई जिम्मेवारी दिएका छन्। भने कांग्रेसकै सांसद ओमप्रकाश शर्मालाई खानेपानी तथा सिँचाइ मन्त्री बनाइँदै छ। कांग्रेसका अर्का सांसद वीरेन्द्र सिंहलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
उता माओवादी केन्द्रबाट दुईजना नेता मन्त्री बन्ने पक्का भएको छ। जस अनुसार माओवादी दलका नेता भरत साह र जगत यादव मन्त्री हुने भएका छन्। उनीहरुको मन्त्रालय टुंगो लागिसकेको छैन। अब प्रदेश २ मा मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालय भएका छन्। नयाँ मन्त्रीहरुको सपथ आजै साँझ १० बजे प्रदेश प्रमुखको कार्यालयमा हुने भएको छ।

0 Comments