बारा - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लाई पदबाट पदमुक्त गराए पछी ऊनी मोटरसाइकल चढेर क्वाटर भवनबाट बाहिरिएका छन् ।
पदमुक्त भएपछि सोनलले कर्मचारी, नागरिक समाज र प्रदेश सरकारलाई धन्यवाद दिँदै उनले प्रयोग गर्दै आएका सावरी साधन सरकारलाई बुझाएर मोटरसाइकलमा झोला बोकेर मन्त्री निवासबाट बाहिरिएका हुन् ।
मन्त्री सोनलले बाहिरिने क्रममा राजनीतिक यात्राका क्रममा सरकार पिपल चौतारीको छहारी हो , र मन्त्री पदबाट हटे पनि प्रदेशको विकासका लागि सक्रिय रहने प्रतिक्रिया दिएका थिए ।


0 Comments