बारा -२२ जेष्ठ - बाराको सिमरौनगढ नगरपालिकामा नगरप्रमुख बिजय शंकर यादवले नगर स्तरीय १५ सैया अस्पतालको बिधिपूर्बक उद्घाटन गरी आज देखि संचालनमा गरेकोछ ।
सिमरौनगढ नगरपालिकाको वडा नं ७ सिमरौनगढ नगरपालिका कार्यालय नजिक नव निर्मीत भवनमा १५ सैया अस्पतालको उद्घाटन नगरप्रमुख बिजय शंकर यादवले गरेका थिए ।नगर स्तरीय अस्पतालको उद्घाटन कार्यक्रममा नगर प्रमुखले बोल्दै नगर बासिकाे स्वास्थको ख्याल गर्दै मैले मन्त्रलाय सम्म धाए। सिम्रौनगढ नगरपालिकामा ठुलाे अस्पताल बनाउनकाे लागि केन्द्र र प्रदेश सरकारले सिम्रौनगढ नगरपालिका प्रति विभेद गरेपछि। सिम्रौनगढ नगरपालिका भित्र रहेकाे सम्पुर्ण जनप्रतिनिधि संग समन्य गरेर १५ पन्द्र सैयाको अस्पताल आफुले निर्माण गरेको कार्यक्रममा बताउनुभयोकोछ । बिगतकाे दिनमा सिमरौनगढ नगरपालिका, पचरौता नगरपालिका , आदर्श कोतवल र अन्य पालिकाका सर्बसधारण नागरिकलाई रुघाखोकी , ज्यरो , सर्फ ,र कुकुर टाेकेपछि सदरमुकाम र भारतको विभिन्न राज्य सम्म धाउनु पर्न आवस्यकता पर्थ्यो ।तर आफ्नै नगर भित्र साे सुबिधा उपलब्ध भएकोछ। सिमरौनगढ नगर अस्पतालमा पाँच औटा आइसु बेड समेत भएको दस ओटा ओक्सिज्न समेत बेड भएको बाहिरबाट जेनरल बेडमा दस प्रतिसत छुट र लैबमा पचिस प्रतिसत छुट लगायत विभिन्न कार्यमा छुट समेत रहेकाे नगरप्रमुखले कार्यक्रममा बताउनु भयो । सिमरौनगढ नगर स्तरी अस्पतालमा विभिन्न रोगको चेक जांचका लागि नयाँ प्रबिधि उपकरण अल्ट्रासाउन्ड , भिडियो एक्सरे , लगाएत उपकरणबाट सर्बसधारको चेक जाँच हुने र औसधिमा १० प्रतिशत छुट सहित सेवा सुबिधा उपलब्ध हुने नगरप्रमुख बिजय शंकर यादवले बताउनु भएकोछ ।
बिगत समयमा सिमरौनगढ नगरपालिकामा नगरस्तरी अस्पताल नहुदा सर्बसधारणलाई विभिन्न रोगको चेक जाँच गराउनका लागि चर्को भाड तिरेर ६० किलो मिटर बिरगंजको अस्पतालमा जानु परिरहेको थियो ।पैसा अभावका करण प्रभावकारी चेक जाँच नहुदा भोखै घर आउने पर्थो बाटो घाटो जिर्ण अवस्थाका कारण बिरामीलाई समयमा पुर्याउन नसिदा कति बिरामीको बाटोमा मृत्युको स्थानीयले बताउछ ।सिमरौनगढमा सुबिधा सम्पन्न अस्पताल संचालन भएपछि सिमरौनगढका नगरपालिका, पचरौता नगरपालिका र आदर्श कोतवाल गाउँपालिका लगाएत अन्यपालिका सर्बसधारणलाई सहज भएकोछ ।
नगरप्रमुख बिजय शंकर यादवको कर्मठ हाथबाट निर्माण भएको अस्पतालमा २४ घन्टा इमरजेन्सी सेवा उपलब्ध रहनेछ।


0 Comments