प्रदेश न् २ - जेष्ठ २६ - प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले सरकारमा नेपाली कांग्रेसबाट तीन मन्त्रीलाई नियूक्त गरेपछि तिन जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन ।
नेपाली कांग्रेसका प्रदेश २ का संसदीय दलका नेता रहेका रामसरोज यादव भौतिक पूर्वाधार तथा यातायात,मन्त्रालय माननीय ओमप्रकाश शर्माले खाने पानी तथा ऊर्जा मन्त्रालय र वीरेन्द्रप्रसाद सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख राजेश झाले शपथ ग्रहण गराएका हुन ।
माओवादी दलका नेता भरत साह र जगत यादव कुरा मिल्ने भएपनि उनीहरुको मन्त्रालय टुंगो लागिसकेको छैन। स्रोतका अनुसार मुख्यमन्त्री राउतले माओवादी र कांग्रेसलाई सत्तामा ल्याउने भएपछि मन्त्रालय टुक्राएर ११ वटा बनाएका छन्। जसअनुसार प्रदेश २ मा जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहले ५ वटा मन्त्रालय राखेको छ। राउतले जसपा महन्थ ठाकुर समूहका मन्त्रीलाई बर्खास्त गरेपछि नेपाली कांग्रेस र माओवादीलाई सरकारमा तानेका हुन ।


0 Comments