बारा -११ असार- श्रीकान्त गुप्ता - बाराको स्थानीय तहहरुले आगामी आर्थिक बर्ष ०७८/०७९ को लागि १६ स्थानीय तह मध्ये १३ स्थानीय तहले तोकिएकै समयमा निति तथा कार्यक्रम र बजेट ल्याएर परिषद सम्पन्न गरेका छन ।भने तीन स्थानीय तहले परिषद गर्न सकेका छैन ।

बारामा दुई वटा उपमहानगरपालिका मध्ये कलैया उपमहा नगरपालिका आर्थिक बर्ष ०७८/०७९ को लागि १ अर्ब ५९ करोड ९३ लाख नगर परिषद बजेट समयमा सर्बजनिक गरेकोछ । नगरपालिकाहरु मध्ये निजगढ नगरपालिकाले सबैभन्दा बढी बजेट ल्याएको छ ।भने सबैभन्दा कम पचरौता नगरपालिकाले बजेट सार्बजनिक गरेको छ । त्यस्तै गाउँपालिका मध्ये प्रसौनी गाउँपालिक सबै गाउँपालिका भन्दा बढी बजेट प्रस्तुत गरेको छ। भने सबै भन्दा कम बिश्रामपुर गाउँपालिकाले बजेट प्रस्तुत गरेकोछ ।

आर्थिक बर्ष ०७८/०७९ को लागि निजगढ नगरपालिकाले १ अर्व १ करोड ९४ लाख ७९ हजार ८ सय ,महागढीमाई नगरपालिकाले ५६ करोड ७३ लाख ८ हजार त्यस्तै सिम्रौनगढ नगरपालिका ५३ करोड ९२ लाख ५८ हजार र पचरौता नगरपालिका ४५ करोड ८८ लाख २४ हजार नीति तथा कार्यक्रम बजेट ल्याएर नगर परिषदमा सम्पन्न गरेको छ ।

त्यस्तै प्रसौनी गाउँपालिका ४७ करोड ४३ लाख ९८ हजार , आदर्श कोतवाल गाउँपालिका ४३ करोड ७० लाख २६ हजार ३ सय ५ रुपैया , देवताल गाउँपालिकाले ३३ करोड ८० लाख ७५ हजार , परवानीपुर गाउँपालिका ३४ करोड ६४ लाख ७८ हजार ७ सय ५० रुपैया ,फेटा गाउँपालिका ३७ करोड ५२ लाख , बारागढी गाउँपालिका ३८ करोड ४१ हजार ,सुवर्ण गाउँपालिका ३७ करोड १ र लाख र विश्रामपुर गाउँपालिका २९ करोड १९ लाख १२ हजार बजेट सर्बजनिक गरेकोछ । सबै पालिकाले शिक्षा , स्वास्थ ,र भौतिक पूर्बधारणलाई प्राथमिकतामा राखेर बजेट बिनियोजित गरेका छन ।

स्थानीय स्तरमा दैनिक राजनैतिक चलखेल र मतभेदका कारण समयमै परिषदको तयारी गर्न नसकेकाले बाराको तीन स्थानीय तहले समयमा परिषद गर्न सकेका छैन।आर्थिक बर्ष ०७८/०७९ को लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका ,कोलभि नगरपालिकाका र करैयामा गाउँपालिकाले समयमा नगरपरिषद गरेका छैन।तिनौ पालिकामा आन्तरिक विभिन्न बिबाद कारण समयमा परिषद गर्न सकेको छैन । जितपुर सिमरा उपमहानगर करैयामाई गाउँपालिका र कोलभी नगरपालिकाले एक हप्ता भित्र नगर परिषद गर्न जनाएका छन ।