बारा -११असार श्रीकान्त गुप्ता- बारागढी गाउँपालिकाले सातौं गाउँ सभामा आर्थिक बर्ष ०७८/०७९ को लागि ३८ करोड भन्दा बढी बजेट सर्बजनिक गरेकोछ । चालु आर्थिक बर्षको लागि ३८ करोड ४१ हजार २ सय ९० रुपैया गाउँ सभामा बजेट प्रस्तुत गरेकोछ ।
यस आर्थिक बर्ष आय तर्फ संघीय सरकारबाट प्राप्त बितिय समीकरण अनुदान अन्तरगत तर्फ रु १० करोड ८२ लाख शसर्त अनुदान मध्ये शिक्षा कृषि पशु र स्वास्थ तर्फ जम्मा गरी १४ करोड ४१ लाख , राजेश्वर बाड भाड तर्फ रु ६ करोड ६८ लाख ३८ हजार रहेकोछ । त्यसै गरि समपुरक अनुदान तर्फ रु .६९ लाख र बिषेश अनुदान तर्फ ८३ लाख , प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये बितीय समिकरणबाट रु ७३ लाख ८१ हजार , प्रदेश शसर्त तर्फ रु ८० लाख,प्रदेश बिशेष अनुदान तर्फ ३० लाख ,र समपुरक अनुदान तर्फ २० लाख त्यसै गरि आन्तरिक आम्दानी अनुमानित रु ३० लाख तथा गत आर्थिक बर्षको मौज्दात २ करोड गरि चालु आर्थिक बर्षको लागि ३८ करोड ४१ हजार २ सय ९० रुपैया सभामा निरज साहले बजेट प्रस्तुत गर्दै बताउनु भएकोछ ।
त्यस्तै ब्याय आ. व. ०७८/०७९ मा हुने खर्च चालू तथा प्रशासनीय तर्फ ८ करोड १८ लाख ३८ हजार रहेको छ ।भने पुजी गत तर्फ कार्यालय संचालन तथा बिकाश निर्माण समेत गरि १२ करोड ५ लाख र संघिय सरकार तर्फ शसर्त अनुदान तर्फ १४ करोड ४१ लाख समपुरक तथा विशेष अनुदान गरि १ करोड ५२ लाख प्रदेश समपुरक शसर्त र बिशेष अनुदान गरि रु १ करोड ३० लाख जम्मा गरि खर्च समेत ३८ करोड ४१ लाख २ सय ९० रुपैया खर्च हुने बताउनु भएकोछ । 

बारागढी गाउँपालिकाले आर्थिक बर्ष ०७८/ ०७९ को लागि जनतामा लोक प्रिय बजेट प्रस्तुत भएको परिषदमा बारागढी गाउँपालिकाको अध्यक्ष देवदत बछार थारुले बताउनु भएकोछ ।गाउँ सभामा शिक्षा , स्वास्थ , कृषि ,र पर्यटन क्षेत्रलाई बढी प्राथमिकतामा राखेका छन भने त्यस्तै , यूवाहरुको लागि खेलकुद , बाताबरण संरक्षण , साना तथा ठुला उधोग स्थापना,खानेपानी , र समाजिक बिकृतीलाई अन्य गर्ने बताएका छ्न लगाएत क्षेत्रलाई प्राथमिकतामा राखेर बिकाश गर्न सभा अध्यक्ष बछारले बताउनु भयो ।
बिकास निर्माण कार्यमा आन्तरिक राजनिती खिचातानी र विभिन्न अवरोधलाई संघार गर्दै गाउँपालिकाले समयमा परिषद गर्न सफल भएकोछ । गत बर्षको तुलनामा यस बर्ष जनप्रतिनिधि , क्रमचारी , र स्थानीयहरुले बिकाश निर्माणको काममा सहयोग गरेको हुनाले गाउँपालिकाले समयमा गाउँ सभा गर्न सफल भएको हो ।अग्रीम आर्थिक बर्ष ०७८/०७९ को लागि निति तथा कार्यक्रम लोक प्रिय् बजेट प्रस्तुत गर्न सफल भएको प्रमुख प्रशासकीय अमोद चौधरीले सभा बताउनु भएकोछ ।उन भने कोरोनाको समयमा सम्पूर्ण क्रमचारी जनप्रतिनिधि र स्थानीयसंग सहकार्य गरेर काम गरेको हुनाले बिकाश निर्माणको काम समयमा सम्पन्न भएकोछ ।चालू आर्थिक बर्षमा फागुण भित्री नै सम्पूर्ण बिकाश निर्माणको कामलाई सकाई गाउँ सभा गर्न लक्ष्य राखेको बताउनु भयो
जनप्रतिनिधि , क्रमचारी , सर्बसधारणहरुको सहयोगमा गाउँपालिकाले आगमी आर्थिक बर्षको लागि समयमा गाउँ सभा गर्न सफल भएकोछ ।


0 Comments