बारा , ९ असार - विश्रामपुर गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालय विश्रामपुर बाराले आज पालिकाको सभाहलमा आज छैठौँ गाँउसभाबाट २९ करोड, १९ लाख १२ हजारको नीती तथा कार्यक्रम प्रस्तुत गरेको छ।
चालुगत तर्फ १७ करोड, १९ लाख ८९ हजार र पूँजीगत तर्फ ११ करोड, ९९ लाख २३ हजार मूल्य बराबरको आ. व. २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।

सो गाँउसभामा आ. व. २०७८/०७९ को लागि नीति तथा कार्यक्रम गापाका वडा नं. १ का वडा अध्यक्ष हृदय नारायण प्रसाद यादवले प्रस्तुत गरेका थिए।

सो सभा गापाका अध्यक्ष अमिरीलाल पाल राउतको अध्यक्षतामा सम्पन्न गरिएको थियो। सो सभामा गापा उपाध्यक्ष सुमिन्त्रा देवी, वडा नं १ देखी ५ सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सुरक्षाकर्मीहरू, लगायतको सहभागिता रहेको थियो।

सो सभामा स्वागत मन्तव्य गापाका प्रमुख प्रशासकिय अधिकृत सुनिल प्रसाद केशरी गरेको  थियो भने कार्यक्रम मा सञ्चालन गापाका सुब्बा दिपक पालको रहेको थियो।