बारा - असार - श्रीकान्त- बाराको सुवर्ण गाँउपालिकाले सातौ गाँउ सभाबाट आर्थिक बर्ष ०७८/०७९ को लागि रु ३७ करोड भन्दा बढीको बजेट नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ । चालू आर्थिक बर्षको लागि ३७ करोड १ लाख १५ हजार रुपैया गाउँ सभाबाट सर्बजनिक गरेकोछ ।
आ ब ०७८/०७९ को लागि नेपाल सरकार बाट बितिय समानिकरण अनुदान रु १० करोड ८९ लाख , राजश्व भांडफाड रु ७ करोड ४ लाख ४८ हजार , सशर्त अनुदान रु १४ करोड ३७ लाख ६० हजार, समपुरक अनुदान ८३ लाख त्यसतै प्रदेश सरकार बाट समानिकरण अनुदान ७३ लाख २६ हजार , राजश्व भांडफाड रु ४५ लाख ७३ हजार बिशेश अनुदान ३० लाख, जिल्ला समन्वय समिति बाट प्राप्त अनुदान ५० लाख, सवारी साधन कर अनुदान प्राप्त २४ लाख २८ हजार ८३ रुपैया गरी गत आर्थिक वर्षको अनुदान लागि गाउँपालिका उपाध्यक्ष बबिता यादवले गाउँ सभामा प्रस्तुत गरेकीथिन ।
सुवर्ण गाउँपालिकाले आर्थिक बर्ष ०७८/ ०७९ को लागि जनतामा लोक प्रिय बजेट प्रस्तुत भएको परिषदमा सुवर्ण गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले बताउनु भएकोछ ।गाउँ सभामा शिक्षा , स्वास्थ , कृषि ,र पर्यटन क्षेत्रलाई बढी प्राथमिकतामा राखेका छन भने त्यस्तै , यूवाहरुको लागि खेलकुद , बाताबरण संरक्षण , साना तथा ठुला उधोग स्थापना,खानेपानी , र समाजिक बिकृतीलाई अन्य गर्ने बताएका छ्न कोरोना कोभिड नाइन्टीनलाई नियन्त्रण र हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रलाई ब्यवस्थित गर्न अध्यक्ष यादवले बताउनु भएकोछ ।
निर्वाचीत जनप्रतिनिधि , क्रमचारी , र गाउँबासीको सहयोगमा गाउँ सभा गर्न सफल भएको सुवर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले बताउनु भएकोछ । उहाँले कोभिडको समयमा क्रमचारी मित्रहरुले आफ्नो ज्यानको प्रवाह नगरी समयमा कार्यालय संचालन गरि सेवाग्राहीलाई सेवा दिदै आएकोछ । ०७८/० ७९ को आर्थिकको लागि शिक्षा, स्वास्थ ,पूर्बधार भौतिक , र नाकालाई सरक्षण गरि एउट नमुना गाउँपालिकाको रुपमा देशमा पहिचान गर्न लक्ष्य समेत रहेकोछ ।
गाउँ सभा कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य राम अजोध्या ,मधेसी फोर्म नेपालका प्रदेश प्रतिनिधि सभा सदस्य बच्चा यादव र गाउँपालिका अध्यक्ष संयुक्त रुपमा पन्शा बती बाली गाउँ सभा कार्यक्रमको उद्घाटन गर्नु भएको थिय। गाउँ सभा कार्यक्रममा गाउँपालिका प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव सहित अन्य क्रमचारीलाई सम्मानित गरेको थियो । सभामा जनप्रतिनिधि , क्रमचारी , सर्बसधारण , प्रहरी पत्रकार समेत उपस्थिति रहेको थियो ।



0 Comments