बारामा-२- असार - बारामा प्रमुख प्रशासकीय अधिकृतसंग १५ लाख रुपैया फिरौती माग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका बाराको सुवर्ण गाउँपालिका वडा नं ४ मा बस्ने २८ बर्षिय मुकेश प्रसाद यादवले फिरौती माग र ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले उनलाई पक्राउ गरेकोछ ।सुवर्ण गाउँपालिका कार्यालयमा कारारमा कार्यरत कार्यालय सहयोगी यादवले सुवर्ण गाँउपालिका का प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवलाई अपरिचित नम्बरबाट एक घन्टा भित्री १५ लाख रुपैया नदिमा गोली प्रवाह गरि हत्या गरिदिन्छु भने एसमेस र फोनबाट फिरौती मांगेको थियो ।
अधिकृत श्रीवास्तवलाई एनसेलको अपरीचित नम्बरबाट फोन तथा एसएमएस गरि फिरौती मांग गरेको अडियो सहित सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका उपरीक्षक गौतम मिश्राले जनकारी गराउनु भएकोछ । मिश्रका अनुसार फिरौती मांग गरेको अडियो सहितको सूचना प्राप्त हुन साथ तत्काल अनुसन्धान टोली गठन गरी सेवा प्रदायक कम्पनी समेतसँग प्राविधिक सहयोग समेत लिएर अनुसन्धानको क्रममा सोही गाउँपालिकामा कारारमा काम गर्ने कार्यालय सहयोगी यादव देखिएपछि उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको छ ।