बारा - आषाढ - राहुल गुप्ता, २ बुधबार - बाराको परवानीपुर गाउँपालिकामा आज नेपाली कांग्रेसले ध्याना कर्षण पत्र बुझाएको छ । गाउँपालिकाको वडा नं ५ बहुअरी टोलका पार्टी सभापति कुंज बिहारी पटेलको नेत्तृतवमा गाउँपालिकाअध्यक्ष हरिनारायण साहलाई आज ज्ञापनपत्र बुझाएको हो ।
गाउँपालिकाको वडा नं ५ बहुअरी टोलमा वडा अध्यक्षले नियम विपरीत, अनाधिकृत रुपमा प्राथमिक स्कूलको नयाँ भवन निर्माण गराउन लागेको र यसमा वडा अध्यक्षले व्यापक भरष्ट्रचारी गरेको आशंका गरिएको छ । नेपाली कांग्रेसका युवा नेता सुनिल पटेलको अनुसार वडा अध्यक्षले टोलमा सार्वजनिक सूचना बिना नैं स्कूलको ब्यबस्थापन समिति गठन गरेको र भवन निर्माणमा पनि बिना सूचना निकाली उपभोक्ता समिति गठन गरेको र यो कार्य प्रति वडाध्यक्षको नियत सही नभएको र आफूहरु इ सबै कार्य स्थगित गरी सार्वजनिक रूपमा सूचना जारी गरी सबै टोलेवासीको सहकार्यमा विकासको कामहरू गर्न आज यो ज्ञापनपत्र मार्फत गाउँपालिका अध्यक्षलाई अनुरोध गरेको जानकारी दिनुभयो।

स्कूलको जमीन छुट्याउन, बौंड्री गर्न र विद्यालय व्यव्थापन समिति सार्वजनिक रूपमा गर्न आफुहरुको मुख्य बुँदा भएको पार्टीका गा उँपालिका सचिव श्याम रामले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष साहले यस बारेमा आफू गम्भीर रहेको र वडा अध्यक्षसंग पत्रमार्फत लिखित जवाब मागी सत्य तथ्य पतालगाई कारवाही अगाडि बढाउने प्रतबद्धता जनाउनु भयो । यसका साथै टोलका वडा अध्यक्षलाई पनि ध्यान आकर्षण बुझाएको र सबै कामलाई यस्थिगित गरी नियम कानुन अनुसार काम गर्न अनुरोध गरिएको  युवा नेता सुरेन्द्र पटेलले जानकारी दिनुभयो । ध्यान आकर्षण पत्र बुझाउन पार्टीका मुना पटेल, अनिल पटेल, सञ्चार कर्मी राहुल गुप्ता, आन्नद पटेल लगाएतको उपस्थिति रहेको थियो ।