बारा - २२ जेष्ठ - श्रीकान्त गुप्ता - बाराको महागढीमाई नगरपालिकामा भएको श्री पालन पोषण बचत तथा ऋण सहकारी संस्था द्वारा २२५ अति विपन्न गरिब तथा दलित परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
दोस्रो भेरिन्टको कोरोना भाइरस नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञामा अति गरिब बिपन्न , दलित परिवार र आपाङ्गलाई पालन पोषण ऋण तथा बचत सहकारी संस्थाले राहतले बितरण गरेको हो। जिल्लामा करिब एक महिना देखि लागेको निषेधाज्ञामा दलित बिपन्न र अपाङ्ग परिवारलाई घर चलाउन समस्या देखेर दुई सय २२५ जनालाई राहत बितरण गरेको पालन पोषण ऋण तथा सहकारी संस्थाका अध्यक्ष बृजकिशो साहले जनकारी गराउनु भयो ।उनलेभने, ‘गाउँघरमा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई १५ किलो चामल, १ किलो नुन ,१ वटा साबुन , १ किलो दाल र १ वटा माक्स सहित पाएकेज बनाएर राहत बितरण गरिएकोछ ।
रहत लिन आएको सेख हजुद बोल्दै करिब एक महिनाको निषेधाज्ञामा घर परिवार चलाउन समस्या भएपछि । सहुमहाजनसंग खानको लागि ऋण माग्ने गर्दा साहुमहाजनले विभिन्न बहानामा इन्कार हुन थालेको बताउनु भयो ।उनले भने आफुसंग खेतबारी नहुदा दिन भरी अर्कोको खेतबारीमा काम गरेर ७ जना परिवारका सदस्यलाई प्रतिपाल गर्नु पर्छ ।घरमा धान चावल र तरकारी नहुदा बालबालिका भोखै सुत्ने अवस्था रहेकोछ। अन्य कुनै संस्थाबाट केही राहत नपाएको गुनासो गरे तर पालन पोषण बचत तथा ऋण सहकारी संस्थाबाट राहत पाएको बताए ।
राहत बितरण कार्यक्रमा , पालन पोषण बचत तथा ऋण सहकारी संस्थाका विभिन्न पद अधिकारी , र सो बैंकको क्रमचारी , प्रहरी र सर्बसधारणहरु उपस्तिथि रहेको थियो ।


0 Comments